शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय
ऋण प्रवाह प्रकरण

तत्कालीन सेन्चुरी बैंकका सीइओसहित १० जना ‘दैनिक हाजिरी’मा रिहा

बिहीबार, ०१ चैत २०८०, १८ : ५४
बिहीबार, ०१ चैत २०८०

काठमाडौँ । तत्कालीन सेन्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने र पूर्वसीइओ तुल्सीराम गौतमसहितका १० जना छुटेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उनीहरूलाई ‘दैनिक हाजिरी’मा रिहा गर्ने निर्णय गरेको छ । 

प्रारम्भिक अनुसन्धान सकेर आरोपीहरूलाई दैनिक हाजिरीमा रिहा गर्न गर्ने निर्णय गरिएको सीआईबीका प्रवक्ता (एसपी) होविन्द्र बोगटीले रातोपाटीलाई बताए । एसपी बोगटीले भने,‘राष्ट्र बैङ्कको विज्ञ टोलीसँगको समन्वयमा उनीहरूको मुद्दाबारे विस्तृत अनुसन्धान भइरहेको छ ।’

माघ १५ मा प्रहरीले देउराली सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईको डीजाईजन र मिलेमतोमा कमसल धितोमा ऋण प्रवाह गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा सेन्चुरीका तत्कालीन चिफ क्रेडिट अफिसर राजेश भण्डारी, दुई जना तत्कालीन सीइओ, कर्मचारीहरू दिलीप बराल, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सविन घिमिरे, रमन श्रेष्ठ, दीपेश प्रधान र सुनिल बस्नेत छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप