नेपाली कला क्षेत्रलाई अवहेलना गरियो : अध्यक्ष केसी

काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली कला क्षेत्रलाई अवहेलना गरिएको बताएका छन् । बिहीबार सातौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष केसीले नेपालमा नेपाली सिनेमा क्षेत्र, नेपाली कला क्षेत्र अवहेलित रहेको बताए । उनले कलाकारलाई देशको गहना भन्ने गरिएपनि यथार्थमा चलचित्र क्षेत्रलाई अघि लैजानका लागि सहयोग नभएको बताए । उनले निफ सञ्चालनका लागि चलचित्र विकास बोर्डले गरेको आर्थिक सहयोग पर्याप्त नभएको पनि बताए ।
उनले भने, ‘हाम्रो देशमा नेपाली सिनेमा क्षेत्र, नेपाली कला क्षेत्र असाध्यै अवहेलित छ । भन्नका लागि देशको गहना कला, संस्कृति भनिन्छ । यथार्थमा यो क्षेत्रलाई अघि लैजानका लागि त्यति सहयोग भएको देखिएन । यो बडो दुःखका साथ भन्नुपर्छ । यस्तो भव्य कार्यक्रमले, संसारभरका फिल्म मेकर्स आउनुभएको छ, यो कार्यक्रम जति हेर्दा सजिलो लाग्छ कार्यक्रम आयोजना कति गाह्रो छ भन्नेकुरा कल्पना भन्दा बाहिर छ । चलचित्र विकास बोर्डले हामीले सकेको, हाम्रो क्षमताअनुसारको पैसा सहयोग गर्दै आएको छ । त्यो कलापि पर्याप्त होइन । यसका लागि अझ धेरै काम गर्नुपर्छ । सरकारले नै वार्षिक कार्यक्रमअन्तर्गत बजेट छुट्याएर छुट्टै बजेट देओस् भन्ने मेरो पनि माग छ ।’
अध्यक्ष केसीले नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को सञ्चालनका लागि वार्षिक कार्यक्रमअन्तर्गत बजेट छुट्याउन आवश्यक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अरब राष्ट्रले गरे इजरायलको आलोचना
-
हिमपातले विद्यार्थी बिरामी, पठनपाठन प्रभावित
-
तीन सन्तान र पति छाडेर प्रेमीसँग गएकी महिलाले भिडियोमार्फत दिइन् चेतावनी
-
प्रमुख प्रशासकीय अधिकृत छानबिन कार्य खुलाउन काठमाडौँ महानगरलाई मन्त्रालयको पत्र
-
पार्टीभित्र रहेका मतभेदलाई हटाएर विश्वासको वातावरण बनाउनुपर्छ : सभापति देउवा
-
निरन्तर दश दिन बढेपछि सेयर बजारले लियो विश्राम, कारोबार झनै बढ्यो