फिलिपिन्सको लभ स्क्याम सेन्टरबाट सयौँको उद्धार

मनिला । फिलिपिन्सको एउटा लभ स्क्याम सेन्टरबाट सयौँ मानिसको उद्धार गरिएको छ । प्रहरीले बिहीबार उक्त सेन्टरमा छापा मारेर ३८३ फिलिपिनी, २०२ जना चिनियाँ र ७३ जना अन्य विदेशी नागरिकहरूको उद्धार गरेको हो ।
मनिलाबाट उत्तरमा करिब सय किमी टाढा रहेको सो अखडा अनलाइन जुवा कम्पनीले चलाइरहेको बताइएको छ । पछिल्लो समय फिलिपिन्स स्क्याम सेन्टरको हब नै बनेको छ । यहाँ युवा र प्रविधि चलाउन पोख्त मान्छेहरूलाई फसाएर आपराधिक गतिविधिमा प्रयोग गर्ने क्रम बढेको छ । यी केन्द्रमा कालो धनलाई सेतो बनाउनेदेखि क्रिप्टो धोकाधडी मात्रै होइन माया प्रेमको जालमा फसाएर लुट्ने कामहरू समेत हुने गरेका छन् ।
केहीलाई भने हुँदै नभएका योजना वा व्यवसायमा लगानी गर्न मनाउने गरिएको पनि पाइएको छ । सोही स्क्याम सेन्टरबाट गएको महिना भागेका एक भियतनामी पुरुषले दिएको सूचनाका आधारमा बिहीबार छापा मारिएको थियो । यो वर्षको जनवरीमा फिलिपिन्स आएका ३० वर्षीय ती भियतनामीलाई सेफको जागिर दिने लोभ देखाएर मानव तस्करहरूले संगठित अपराधको दलदलमा फसाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छ: महामन्त्री थापा
-
देउवा नहल्लिएसम्म सरकार सुरक्षित रहने एमाले नेताहरूको विश्वास
-
जुडशीतल : तराई–मधेशको लोकपर्व
-
आईपीएलसँग जोडियो रोबोटिक कुकुर ! प्रत्यक्ष प्रशारणमा सहयोग गर्ने
-
ट्रम्पले रोके हार्वर्ड विश्वविद्यालयको २ अर्ब डलर रकम
-
मंगलबार सुनको मूल्य तोलामा १७०० रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार ?