सांसद् चौधरीकाे प्रश्न : एउटा अर्थमन्त्रीको सिद्धान्त तथा प्राथमिकतामा अर्को मन्त्रीले कसरी जवाफ दिन्छन् ?

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता एवम् प्रतिनिधिसभाका सांसद् मेटमणि चौधरीले सांसद्हरु बडो अप्ठ्यारो स्थितिमा रहेको बताएका छन् । बिहीबारदेखि संसद्मा जारी विनियोजन विधेयक, २०८१ को सिद्धान्त तथा प्राथमिकता माथिको छलफलमा सांसद्हरु प्रश्न तथा जिज्ञासा राख्नेमा सम्बन्धित अर्थमन्त्रीले नै जवाफ दिनुपर्नेमा फरक मन्त्रीले सोको सामना गर्नुपर्ने अवस्था सिर्जना भएकोमा आफूहरू अप्ठ्यारोमा परेको बताएका हुन् ।
सांसद् चौधरीले भने, ‘एउटा अर्थमन्त्रीले ल्याएको विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामा अर्को मन्त्रीले अब कसरी जवाफ दिन्छन् ?’ यसका लागि प्रश्नकर्ता सांसद्हरु मात्र नभएर जवाफ दिने अर्थमन्त्री वर्षमान पुन पनि अप्ठेरोमा पर्ने बताउँदै सांसद चौधरीले ढिला नगरी प्रस्तुत विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकता संशोधन गरेर ल्याउन सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाडाले स्वीकार गर्यो नाइमाको अस्तित्वः दुवैमा सदस्य बन्न सकिने, कार्यक्षेत्र छुट्याइयो
-
म्यानमारमा बेमौसमी वर्षा : उद्धार कार्यमा वाधा
-
‘जनै हराएको बाहुन’ शुभमुहूर्त, सोमबारबाट फ्लोरमा
-
निरन्तर २५ वर्ष बिताएर बायर्न म्युनिखबाट अलग हुँदैछन् थोमस मुलर
-
कुलमान पुनर्बहालीको माग गर्दै राजधानीमा प्रदर्शन, तस्बिरहरू
-
काभ्रे–कोशीपूर्वका दुई सडक स्तरोन्नति गरिँदै