कांग्रेसलाई पिर पर्यो भन्दैमा एमालेले देश बिग्रन दिँदैन : केपी ओली
बिहीबार, ०१ चैत २०८०, १६ : ४४

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारबाट बाहिरिनु पर्दा नेपाली कांग्रेसलाई सारै ठुलो पिर परेको टिप्पणी गरेका छन् । बिहीबार एमाले कञ्चनपुरको नवौँ जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले कांग्रेसलाई पिर पर्यो भन्दैमा एमालेले देश बिग्रन नदिने बताएका हुन्।
‘कांग्रेसलाई पिर पर्यो भनेर हामी देश बिग्रन दिँदैनौ । काम नगर्ने अनि सरकारबाट हट्नुपर्यो भनेर पिर गर्ने ?’, ओलीले प्रश्न गर्दै भने, ‘कांग्रेस सभापति शेरबहादुर देउवालाई पाँच पटक प्रधानमन्त्री बन्नुभयो देशका लागि एउटा काम के गर्नुभयो भनेर सोध्दा केही छैन ।’ उनले नेकपा एमाले सरकारमा भएका बेला के-के काम गर्यो भन्ने कुरा देखाउन तयार रहेको भन्दै एमाले सम्मिलित गठबन्धनको सरकारले मुलुकका समस्या समाधान गर्ने प्रयास थालिसकेको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली प्रदेशमा स्वास्थ्य सेवाको पहुँचमा वृद्धि
-
एनआरएनए उच्चस्तरीय समितिका संयोजक घलेले गरे बृहत् एकताका लागि अपिल
-
सुनसरीबाट १ सय ७७ किलो गाँजासहित दुई जना पक्राउ
-
भन्सारको नाममा सरकारले मधेसमा लुट मचाएको छ : प्रभु साह
-
मुम्बईमा लगेर चेलीबेटी बेच्ने आरोपी ३० वर्षपछि पक्राउ
-
कार बम विस्फोटमा वरिष्ठ रुसी सैन्य अधिकारीको मृत्यु