सांसद् शाहीको प्रश्न– सार्वजनिक ऋणको आकार बढ्दैछ तर किन विकासको दर घट्दैछ ?

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवम् प्रतिनिधिसभाका सांसद् ज्ञानबहादुर शाहीले मुलुकको सार्वजनिक ऋणको आकार बढ्दै गएको तर विकासको दर घट्दै गरेको भन्दै सरकारलाई प्रश्न राखेका छन् ।
बिहीबारदेखि संसद्मा जारी विनियोजन विधेयक, २०८१ को सिद्धान्त तथा प्राथमिकता (कर बाहेक) माथिको छलफलमा बेल्दै सांसद् शाहीले साे प्रश्न राखेका हुन्
उनले केही वर्ष अघिसम्म २ खर्ब हाराहारी रहेको सार्वजनिक ऋणको आकार पछिल्लो समय झन्डै २४ खर्ब रुपैयाँ पुगेको बताउँदै एक नेपालीको टाउकामा ८० हजार रुपैयाँ बराबरको ऋणको प्रगति के हो ? भनेर प्रश्न गरे ।
खासगरी बजेटको ठुलो हिस्सा नियमित खर्चमा नै सकिने गरेको भन्दै सांसद् शाहीले आगामी आर्थिक वर्षको बजेट पुँजीगततर्फ केन्द्रित हुनुपर्ने बताए ।
बजेटको सिद्धान्त तथा प्राथमिकता नै गलत हुने गरेकाले बजेट कार्यान्वयन र सो प्रभाकारिता प्राप्तिमा देखिन नसकेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुर्सी बोकेर किन संसद्बाट हिँडेँ ट्रुडो ?
-
विराटनगरको अरनिको कलेजले जित्यो हिसान क्रिकेटको उपाधि
-
माओवादीमा लागेको रोगको उपचार गर्ने ठाउँ नभएकाले फेरि जनतामा आयौँ : प्रचण्ड
-
विरोधको सूचना दर्ता गर्ने दाहाल प्रतिनिधिसभामा अनुपस्थित
-
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
-
१० निर्माण कम्पनी सार्वजनिक खरिद अनुगमन कार्यालयको कालोसूचीमा