महामारी बन्ला बर्ड फ्लू ?

काठमाडौँ । कोभिड–१९ को आतंक बल्लतल्ल थामिएको छ । यसैबिच वैज्ञानिकहरू बर्ड फ्लू अर्थात् एन५एन१ ले महामारीको रूप लिन सक्ने बताउँछन् । सन् २०२० देखि बर्ड फ्लू तीव्र रूपमा बढिरहेको इष्ट एंगलिया युनिभर्सिटीका जीव विज्ञानका प्राध्यापक डा. डायना बेलले बताइन् ।
सन् १९९७ मा चीनमा सुरु भएयता बिस्तारै बिस्तारै करिब सबै महाद्विपमा यो रोग फैलिसकेको छ । पक्षीमा मात्रै होइन गैरपक्षी प्रजातिसमेत यसबाट प्रभावित भइरहेका छन् । सन् २०२० पछि २६ देशहरूले स्तनधारी प्रजाति एच५एन१ भाइरसको सिकार भएको प्राध्यापक बेलले हालै गरेको अनुसन्धानमा देखिएको थियो । यो भाइरसबाट पोलर बियर र डल्फिन समेत प्रभावित भएका थिए ।
गएको वर्ष विश्वका २३ देशमा बर्ड फ्लूका ८८२ वटा केस देखिए । यसमा मृत्युदर ५२ प्रतिशत थियो । कोभिड र बर्ड फ्लू दुवै जूनोटिक स्पिलओभरबाट उत्पन्न भएका हुन् । यसमा भाइरस पशुपक्षीबाट मानिस फैलिन्छ । तर बर्ड फ्लू मानवबाट मानवमा सर्दैन । तै पनि विश्व स्वास्थ्य सङ्गठनले बर्ड फ्लूलाई खतरा बताएको थियो ।
किन हुन्छ एच५एन१ को सङ्क्रमण ?
प्रभावित क्षेत्रमा एच५एन१को सङ्क्रमण तीव्र गतिमा बढ्न सक्ने स्वास्थ्य विज्ञहरू बताउँछन् । घरेलु स्तरमा कुखुरा पाल्ने ठाउँमा पनि यो सहजै फैलिन सक्ने बताइएको छ । यो रोग सङ्क्रमित पक्षीको मलमूत्र, नाक वा मुख वा आँखाबाट निस्कने पानीबाट पनि मानिसमा सर्छ । यसबाहेक सङ्क्रमित पक्षीको राम्ररी नपाकेको मासु खाँदा पनि रोगको जोखिम हुन सक्छ । तर यस्ता केसहरू कमै देखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले ९ लाख आप्रवासीको अनुमतिपत्र रद्द गर्यो, तुरुन्तै देश छोड्न आदेश
-
तीनकुनेको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा कमल विष्ट पक्राउ
-
अमेरिकामा नेतन्याहूले पाएनन् चाहेको समर्थन, ट्रम्पसँग देखियो मतभेद
-
अमेरिकाले लगाएको १०४ प्रतिशतको ट्यारिफबारे के भन्छ चीनको सरकारी मिडिया ?
-
अर्घाखाँचीमा आजदेखि दुई दिने पाणिनी तपोभूमि सम्मेलन हुँदै
-
मन्दिर परिसरमा हत्या गरिएको अवस्थामा पुरुषको शव फेला