रासफोर्डलाई भित्र्याउने प्रयास गर्दै पीएसजी
पेरिस । पेरिस सेन्ट जर्मेनले आगामी सिजन म्यानचेस्टर युनाइटेडका फरवार्ड मार्कस रासफोर्डलाई भित्र्याउने प्रयास जारी राखेको छ । फ्रेन्च क्लबले राफफोर्डलाई भित्र्याउन ८ करोड पाउन्डको अफर पेस गर्ने तयारी गरेको डेली स्टारले समाचार प्रकाशित गरेको हो ।
रासफोर्डले गत सिजनमात्र युनाइेडसँग पाँच वर्षको नयाँ करार गरेका थिए । नयाँ करार अनुसार उनी ओल्ड ट्राफोर्डमा सन् २०२७ सम्म रहनेछन् । तर, रासफोर्डले आगामी सिजन क्लब छाड्न सक्ने चर्चा चलिरहेको छ । यो सिजन उनी लयमा देखिएका छैनन् भने प्रशिक्षक एरिक टेन हागसँग पनि उनको सम्बन्ध राम्रो देखिएको छैन ।
विवादबारे धेरै चर्चा भएपछि गत महिना रासफोर्डले एक विज्ञप्ति जारी गर्दै आफू युनाइटेडसँग प्रतिबद्ध रहेको बताएका थिए । उनले आफ्नो आलोचकहरूलाई जवाफ दिँदै आफू युनाइटेडबाट नै खेल्न चाहेको स्पष्ट पारेका थिए ।
तर, पीएजसी भने रासफोर्डलाई जसरी पनि भित्र्याउन चाहिरहेको छ । अध्यक्ष नासेर अल खेलाफीले २६ वर्षीय फरवार्डलाई किलियान एम्बाप्पेको विकल्पको रूपमा हेरेका थिए । एम्बाप्पे आगामी सिजन पीएसजी छाडेर रियल जाँदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन सुरु
-
पाथीभरा केबलकार निर्माण विवाद : दुई वार्ता टोलीबिच सकारात्मक छलफल, मंगलबार पुनः बैठक बस्ने
-
मन्त्रिपरिषद् बैठक : अध्यादेशका नियमावली पारित
-
दुधकोशी चुहार–फलाम ढुङ्गा–घोरेटार सडक कालोपत्र सुरु
-
लुम्बिनी प्रदेश स्थापना दिवस : ८ वर्षमा ६ सरकार, ७२ मन्त्री
-
अध्यक्ष प्रचण्ड पर्वत र म्याग्दीको सिमाना स्थल बेनीमा