बुद्ध इन्टरनेसनल अस्पतालमा तोडफोड गर्नेलाई कारबाही माग

काठमाडौँ । गत फागुन ३० गते दाङ घोराहीस्थित बुद्ध इन्टरनेसनल अस्पतालमा उपचारको क्रममा बिरामीको मृत्यु भएको घटनालाई लिएर अस्पताल परिसर भित्र हुल हुज्जत गर्दै, अस्पतालमा तोडफोड गरी क्षति पुर्याएको घटनामा संलग्नलाई कारबाही गर्न नेपाल चिकित्सक संघले माग गरेको छ । उपचारको क्रममा भएको मृत्युलाई लापरबाही भनी अस्वाभाविक आरोप लगाई स्वास्थ्य संस्था नै तोडफोड गर्ने जस्ता आपराधिक कार्य गरेकोप्रति यस संघले घोर भर्त्सना गरेको हो ।
उपचारको क्रममा ९ वर्षीय बालकको मृत्यु भएकोमा दुःख व्यक्त गर्दै उपचारको दौरानमा कुनै त्रुटि भएको शङ्का लागेमा कानुनी प्रक्रियामा जाने व्यवस्था भएको संघले जनाएको हो । ‘स्वास्थ्य संस्था जस्तो संवेदनशील क्षेत्रलाई आतङ्कित पार्ने गरी घटाइएको अस्वाभाविक घटनाका सम्बन्धमा नेपाल सरकार तथा स्थानीय सुरक्षा निकायले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो) संशोधन ऐन २०७९ बमोजिम दोषीमाथि कानुनी कारबाही गरी सुरक्षित र भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन यस संघ जोडदार माग गर्दछ,’ महासचिव सञ्जिव तिवारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
यदि चिकित्सकीय उपचारमा त्रुटि भएको महसुस भएमा नेपाल मेडिकल काउन्सिल मार्फत अनुसन्धान गर्न गराउन विज्ञप्तिमा अनुरोध समेत गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि हिरासतमा सुतिरहेको भाइरल तस्बिर रास्वपा समर्थकले नै खिचेको खुलासा
-
चार बजे मन्त्रिपरिषद् बैठक
-
‘घुम्न जाऊँ बर्दिया’अभियान उद्घाटन
-
रियल म्याड्रिडले चुम्यो फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार