‘काँडेतार’को विषयमा नवललाई आएको धम्कीमा कलाकार संघको ध्यानाकर्षण

काठमाडौँ । फिल्म ‘काँडेतार’का कलाकार, निर्देशक नबल खड्कालाई फिल्मको विषयमा धम्कीपूर्ण अभिव्यक्ति आएको प्रति नेपाल चलचित्र कलाकार संघले खेद व्यक्त गरेको छ । संघले बिहीबार एक विज्ञप्ति जारी गर्दै खड्कालाई भौतिक रूपमा आक्रमण हुनसक्ने भनी दिइएको धम्कीपूर्ण अभिव्यक्ति प्रति आफ्नो ध्यानाकर्षण समेत भएको जनाएको छ ।
‘चलचित्र निर्माण जस्तो कला, संस्कृति, साहित्यलाई उजागर गरी समाज रूपान्तरण, सामाजिक सन्देश प्रवाहित गर्ने क्षेत्रमा यस किसिमको निरुत्साहित पार्ने एवं राष्ट्र, राष्ट्रियता का विषयमा केन्द्रित रहेर निर्माण गरिएको काँडेतार र यसका निर्माता/निर्देशक नबल खड्कालाई कुनै पनि क्षेत्रबाट यस किसिमको भौतिक रूपमा आक्रमण हुनसक्ने भनी आएको तुच्छ अभिव्यक्तिप्रति हाम्रो ध्यानाकर्षण भएको छ’, संघले विज्ञप्तिमा अगाडि भनेको छ ‘यसरी चलचित्रले बोक्ने कला, साहित्य, संस्कृतिका क्षेत्रमा निरुत्साहित पार्ने कुनै पनि दुखद अभिव्यक्तिप्रति सम्बन्धित निकायलाई पनि ध्यानाकर्षण गराउन चाहन्छौँ ।’
संघले खड्का प्रति अमुक व्यक्तिबाट खुल्ला चुनौती दिँदै धम्कीपूर्ण अभिव्यक्ति दिनु, अमुक समूहबाट सामाजिक सञ्जालमा खुला चुनौती दिनु निन्दनीय रहेको समेत ठहर समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पताल बाजुराको मार्तडी शाखा प्रमुख लागुऔषधसहित पक्राउ
-
संविधानमा सुनिश्चित अधिकार महिलाले पाएनन् : मन्त्री सुडी
-
गाउँ नै रित्तिन थालेपछि मान्छे फर्काउन डिठ्ठा गाउँमा नयाँ जुक्ति
-
‘बजेट कार्यान्वयन कमजोर हुँदा अर्थतन्त्रमा गम्भीर असर’
-
नेपालमा पहिलो पटक स्काईवेल पाइलट समिट हुँदै
-
शिक्षकहरूको आन्दोलनले यात्रुलाई सास्ती