फूलको बिउ उत्पादनका लागि प्रयोगशाला सञ्चालन हुने

काठमाडौँ । नेपालमा आगामी महिनाबाट फूलको बिउ उत्पादनका लागि प्रयोगशाला सञ्चालन हुने भएको छ । आगामी महिनादेखि ‘टिस्यु कल्चरको ल्याब’ बाट फूलको बिउ उत्पादन हुने भएको हो ।
बिहीबार भृकुटीमण्डपमा चार दिने पुष्प मेलाको उद्घाटन गर्दै पुष्प विकास केन्द्रका अध्यक्ष रवीन्द्र थापाले प्रयोगशालाको तयारी अन्तिम चरणमा रहेको बताए । ‘टिस्यु कल्चर ल्याबको लगभग तयारी पुरा भएको छ’ उनले भने, ‘आगामी महिनाबाट सो ल्याब सञ्चालन गर्छौँ ।’
हाल नेपालमा उत्पादन हुने फूलको बिउ अधिकांश आयातित रहेको उनको भनाइ थियो । २५ औँ फ्लोरा एक्पो ‘स्वच्छ वातावरण तथा आर्थिक सम्वृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ बिहीबारदेखि ४ गतेसम्म सो मेला जारी हुनेछ ।
मेलामा सर्वसाधारणलाई १५० रुपैयाँ र विद्यार्थीका लागि १०० रुपैयाँ प्रवेश शुल्क लाग्ने आयोजकले उल्लेख गरेको छ । फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजना तथा पुष्प विकास केन्द्रको सहआयोजनामा सो मेला आयोजना गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त
-
कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णित, राजावादीको सक्रियताबारे छलफल
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रघुराज काफ्ले नियुक्त
-
अरुण प्रवेशमार्ग छुट मुआब्जा वितरण पुनः सुरु
-
वडाअध्यक्षको भत्ताको रकमबाट विद्यार्थीलाई पोसाक