६ लाख २२ हजार डलर फिरौती नदिए २८७ विद्यार्थी मारिदिने धम्की

अबुजा । गएको बिहीबार नाइजेरियामा २८७ जना विद्यार्थीहरू अपहरण गरेका अपहरणकारीहरूले ६ लाख २२ हजार डलर (१ र्ब नायरा) फिरौती मागेका छन् । आफ्नो माग पूरा नभए अपहरणमा परेका सबै केटाकेटीलाई मारिदिने धम्की दिइएको छ । बुधबार स्थानीय कुरिगा समुदायका एक व्यक्तिले यस्तो बताएको भन्दै सीएनएनले समाचार छापेको छ ।
अपहरणकारीहरूले मंगलबार मध्याहन्न सवा ६ बजेतिर फोन गरेर १ अर्ब नायरा फिरौती मागेको बताइएको छ । फिरौतीका लागि अपहरण भएको तीन हप्ता वा २० दिनको समय दिइएको बताइएको छ । सरकारले कुनै पहल गरेन भने अपहरणकारीहरूले सबै बालबालिकालाई मार्ने धम्की दिएको बताइएको छ । बालबालिकाहरू मार्च ७ मा अपहरणमा परेका थिए ।
आफ्ना समूहको सदस्य मारेको बदलामा अपहरण गरिएको अपहरणकारी समूहले बताएको छ । गएको हप्ता बिहीबार मोटरसाइकलमा आएका सशस्त्र समूहले स्थानीय एलईए प्राइमरी र माध्यमिक विद्यालयका बिहान ३०० भन्दा धेरै विद्यर्थीहरुलाई बन्दी बनाएका थिए । तीमध्ये केहीको उद्धार गरिएको भएपनि २८७ जना अझै अपहरणकारीकै पञ्जामा छन् ।
अपहरणमा परेकामध्ये १०० जना जति बालबालिका प्राथमिक विद्यालयका विद्यार्थी हुन् । बाँकी भने माध्यमिक विद्यालयका भएको बताइएको छ । बालबालिकाहरूलाई सुरक्षित रुपमा फर्काउन आफ्नो सरकारले सम्भव भएसम्मको सबै प्रयास गरिरहेको कादुना राज्यका गभर्नर उबा सानीले बताएका छन् । यो राज्य नाइजेरियाको राजधानी आबुजाको दक्षिणपश्चिम सीमामा रहेको छ ।
पछिल्लो समय यहाँ अपहरण गर्ने र फिरौती माग्ने घटनाहरु बढेका छन् । सन् २०२१ मा निजी माध्यमिक विद्यालयबाट हतियार धारी पुरुषहरुले झन्डै १४० जना विद्यार्थीलाई कब्जामा लिएका थिए । बन्दुकधारीहरूले एउटा निजी विश्वविद्यालयबाट २० जना विद्यार्थीलाई बन्दी बनाएको केही महिनाभित्रै यो घटना घटेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुद्रतालको संरक्षणमा जुट्यो ढोरपाटन
-
पशुपतिनाथमा किन गरिन्छ चार प्रहरको विशेष पूजा ?
-
ट्रम्पको जालमा जेलेन्स्की, शुक्रबार अमेरिकामा ‘विशाल सम्झौता’
-
आईसीसी च्याम्पियन्स ट्रफीबाट बाहिरियो इंग्ल्याण्ड
-
डोलेश्वरमा एकैदिन ६० हजारले गरे दर्शन
-
१२ बजे, १२ समाचार : नेपालमा पढ्न चाहने किटका विद्यार्थीलाई आवेदन खुलादेखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल पराजितसम्म