प्रत्यक्ष निर्वाचन क्षेत्रका लागि ५० करोडको योजना दिन सांसद् घिमिरेको माग
बिहीबार, ०१ चैत २०८०, १४ : २२

काठमाडौँ । नेपाली कांग्रेसका सांसद् श्यामकुमार घिमिरेले प्रत्येक निर्वाचन क्षेत्रमा सांसद्को सिफारिसमा कम्तिमा ५० करोड रुपैयाँका योजना दिन माग गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै घिमिरेले देशभरका १६५ निर्वाचन क्षेत्रका सांसद्को सिफारिसमा ५० करोड रकम बराबरको योजना दिन माग गरेका हुन् ।
सांसद्हरूलाई ५-१० करोड रुपैयाँमात्रै नचाहिएको उनको भनाइ छ । सांसद घिमिरेले आगामी आर्थिक वर्षको बजेट निर्माणमा सांसदहरूको भूमिका नभए बजेट पारित गर्न नदिने चेतावनी दिए ।
‘आगामी आर्थिक वर्षको बजेट निर्माणमा सांसदको भूमिका र सहभागिता भएन भने हामी यो बजेट पारित गर्नको लागि सहयोगी मात्रै बन्दैनौं । बजेटमा विपक्षी सांसदको ठूलो भूमिका हुन्छ भन्ने कुराको नजिर स्मरण गराउँछु,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेपको अवैध कारोबार गरी कर छल्ने चार जनाविरुद्ध मुद्दा दायर
-
अर्घाखाँचीको धार्मिक स्थल पाणिनिमा चार जिल्लाको सुरक्षा बैठक
-
पाङ्ग्रा जनकपुरमा ! बुद्ध एयरको जहाज काठमाडौँमा अवतरण पछि ग्राउन्डेड
-
एमडीएमएस प्रकरण: पूर्वअध्यक्षद्वय झा र खनाललाई १३ महिना जेल
-
अवकाश हुनुभन्दा १२ दिनअघि भट्टराईलाई एआईजीको फुली ‘उपहार’
-
जुम्ला केन्द्रबिन्दु भएर भूकम्प