देशका समस्याको समाधान गर्नु सबै दलहरूको साझा दायित्व हो : ठाकुर गैरे

काठमाडौँ । नेकपा(एमाले)का सांसद ठाकुरप्रसाद गैरेले देशमा देखिएका समस्याहरूको समाधान गर्नु सबै राजनीतिक दलहरूको साझा दायित्व भएको बताएका छन् ।
बिहीबार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद गैरेले देशमा अविकास, बेरोजगारी, तस्करी, कमिसनतन्त्र र भ्रष्टाचारको समस्या रहेको भन्दै सबै समस्याहरू साझा समस्या भएका बताए । उनले ती समस्याहरूको समाधान गर्नु संसदमा भएका सबै राजनीतिक दलहरूको साझा दायित्व भएको बताए । समस्या समाधानका लागि सरकारको विशेष पहलकदमी, भूमिका र नेतृत्व भने आवश्यक पर्ने भन्दै उनले सरकार त्यस दिशामा अघि बढ्नुपर्ने बताए । उनले सत्तापक्ष हुँदा कुनै समस्याहरूमा चासो नदेखाउने तर प्रतिपक्ष हुनासाथ क्रान्तिकारी बन्ने प्रवृत्ति त्याग्नुपर्ने बताए ।
सांसद गैरेले आगामी दिनमा कम्युनिस्ट पार्टीहरूका बिचमा सहकार्य मजबुत हुँदै जाने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजा ज्ञानेन्द्र र मोदीको भारतमै विरोध
-
मण्डलामा सुनिए मञ्जुल, अभि सुवेदी र एलिसा एकलास
-
ललितपुरको मंगलबजारमा ११ वर्षीया बालिका मृत फेला
-
नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा यस्तो देखियो पर्यटकीय राजधानी पोखराको लेकसाइड क्षेत्र [तस्बिरहरु]
-
ड्रोन दर्ता शुल्कमा अत्यधिक वृद्धि गरिएकोमा विमान संघको ध्यानाकर्षण
-
२०८१ को अन्तिम सूर्यास्त [तस्बिरहरु]