उपत्यकाका विभिन्न विहारबाट नागबहाल पुर्याइयो बुद्ध प्रतिमा (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न विहारमा राखिएका करिब १४० बुद्ध प्रतिमा काठमाडौँको नागवहालमा पुर्याइएको छ । हरेक ५ वर्षमा हुने सम्यक् महादान पर्व मनाउने क्रममा नागवहालमा बुद्ध प्रतिमा प्रदर्शन गरिएको हो ।
महादानका लागि ललितपुर, काठमाडौँ, भक्तपुर, कीर्तिपुर र चोभारका दिपङ्कर बुद्धका प्रतिमाहरूसहित अवलोकितेश्वर, वसुन्धरादेवी, आर्यतारा लगायतका प्रतिमा नागबहाल पुर्याइएको हो ।
फागुन शुक्ल तृतीयाको दिन सुरु हुने यो पर्व ‘दिपङ्कर पर्व’ नामले समेत प्रचलित छ । सबै प्रतिमा जम्मा गरेर बाजागाजासहित दिपङ्कर बुद्धका प्रतिमाहरू नचाइँदै नागबहालमा पुर्याइएको थियो ।
७ सय वर्षदेखि निरन्तर चलिरहेको यो परम्परा १८६१ सालसम्म हरेक वर्ष आयोजना हुँदै आएको थियो । त्यसपछि बजेट अभावका कारण हरेक पाँच वर्षमा आयोजना हुँदै आएको छ । यो पटक ४ सय ७३ औँ सम्यक् महादान पर्व आयोजना गरिएको हो ।
हेर्नुहोस् तस्बिरहरू :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धविराम भए बेलायती सेना युक्रेन जान तयार
-
सुनको मूल्य तोलामा ११०० रुपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार ?
-
पाकिस्तान : यात्रुवाहक बसका ७ जनाको गोली हानी हत्या
-
जनताको अवस्था बदल्न एकताबद्ध प्रयास गरौँ : अध्यक्ष दाहाल
-
जब स्पिन बलरले मात्र ६१ ओभर बलिङ गरेर कीर्तिमान बनाए !
-
उच्च अदालतको फैसला कार्यान्वयन गर्न कर्मचारी संगठनको आग्रह