बजेटको सिद्धान्त तथा प्राथमिकता खारेज गर्न सांसद सुवालको माग

काठमाडौँ । प्रतिनिधि सभाका सदस्य तथा नेपाल किसान मजदुर पार्टी (नेमकिपा) का नेता प्रेम सुवालले बजेटको सिद्धान्त तथा प्राथमिकता खारेज गर्न सरकारसँग माग गरेका छन् । फरक सत्ता समीकरण नेपाली काँग्रेसका अर्थमन्त्री डा.प्रकाशशरण महतले ल्याएको आगामी आर्थिक वर्ष, २०८१-८२ को बजेटको सिद्धान्त तथा प्राथमिकता फेर्न सभामुखमार्फत सांसद सुवालले सरकारसँग माग गरेका हुन् ।
‘नेपाली काँग्रेसको कार्यक्रममा र नेकपा एमालेको कार्यक्रम एउटै हुन सक्छ र ?’ प्रश्न राख्दै सांसद सुवालले अर्थमन्त्रीको नेतृत्व फेरिएसँगै काँग्रेसले ल्याएको बजेटको सिद्धान्त तथा प्राथमिकता फेरिनुपर्ने बताए ।
गत फागुन १४ गते निवर्तमान अर्थमन्त्री डा महतले आगामी आर्थिक वर्षको बजेटको विनियोजन विधेयक, २०८१ को सिद्धान्त तथा प्राथमिकता सङ्घीय संसद्को संयुक्त बैठकमा पेस गरेका थिए । तर, उक्त विधेयकमाथि छलफल हुन नपाउँदै नेपाली काँग्रेस नेतृत्वको सत्ता समीकरण भत्किएर नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी पार्टी र राष्ट्रिय जनता समाजवादी पार्टी (राजपा) को समीकरणमा सरकार बनेको छ । नेकपा माओवादीका अध्यक्ष प्रचण्डले नेतृत्व गरेको सरकारको अर्थमन्त्रीमा हाल पार्टीकै उपमहासचिव वर्षमान पुन छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्लिस प्रिमियर लिग फुटबल : ‘डेब्यू’ खेलमा किन फरक जर्सी लगाएर मैदानमा ओर्लिए लेस्टर सिटीका १५ वर्षीय जेरेमी ?
-
आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि सरकारले माग्यो सुझाव
-
प्रहरी प्रमुख त युवासंघको सहअध्यक्ष पो रहेछ : अध्यक्ष लिङ्देन
-
उपयुक्त समयमा संविधान संशोधन हुन्छः प्रधानमन्त्री ओली
-
गोली हानेर हत्या गरेपछि फरार प्रतिवादी साधुको भेषमा भेटिए, १७ वर्षपछि पक्राउ
-
बालुवाटार घेरेर भातपानी बन्द गर्ने लिङ्देनको चेतावनी