निलगाई नियन्त्रण गर्न तारबारको व्यवस्था गर्न माग
बिहीबार, ०१ चैत २०८०, १२ : १४

काठमाडौँ । कांग्रेस सांसद रामकृष्ण यादवले निल गाई आतंक फैलिएको भन्दै नियन्त्रण गर्न सरकारसँग माग गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद यादवले आफ्नो निर्वाचन क्षेत्र धनुषा २ मा निलगाईको आतंकका कारण त्यस क्षेत्रमा नागरिकको जनजीवन प्रभावित भएको भन्दै संसदमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।
‘तारबारका लागि पहिला बार्षिक बजेटमा बजेट राखिएको थियो तर अहिलेसम्म तारबार नलगाउँदा त्यस भेगका बासिन्दाहरुको रुवाबासी भएको छ’, उनले भने, ‘महेन्द्र राजमार्गको पोर्तहवादेखि इनरवाससम्म कमला नदीको दुवैतर्फ तारबारको व्यवस्था गर्न आग्रह गर्दछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमरा उपमहानगरका वडाध्यक्ष सुनिल गुप्ता पक्राउ
-
‘हान’लाई मजदुर सङ्गठनको ध्यानाकर्षणपत्र
-
एक महिलाको मृत्यु प्रकरणको अनुसन्धानका लागि चार जना नियन्त्रणमा
-
नेविसंघ नेता दाहालको मर्ने र मार्ने धम्की
-
कैलालीको लम्कीचुहा मोतीपुरमा एक पुरुषमाथि खुकुरी प्रहार
-
त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका कार्कीको उम्मेदवारी खारेज, जोशीको सदर