पेट्रोलियम पदार्थ अन्वेषणको सामान भन्सार नाकामा रोकियो
बिहीबार, ०१ चैत २०८०, १२ : ०९
_O681TcPaWQ.jpg)
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद सीताकुमारी रानाले दैलेख जिल्लामा पेट्रोल पदार्थ अन्वेषणका लागि ल्याएको ड्रिल मेसिन लगायत समान नेपालगञ्जको भन्सारमा रोकिएको बताएकी छिन् । प्रतिनिधिसभा बैठकमा बोल्दै रानाले चीनबाट भारतको कोलकत्ता हुँदै नेपालगन्ज आइपुगेको सामान भन्सारमा छुट पत्र उपकरणको नाम फरक परेको कारणले रोकिएको भन्दै सरकारले तत्कालै समस्या समाधान गरेर समान छुट गराउनुपर्ने बताइन् ।
उनले ती समान भन्सार नाकादेखि दैलेख सम्म पुर्याउन ७/८ दिन लाग्ने र उपकरण हप्तौँ दिनसम्म रोकिँदा अन्वेषणको काम रोकिएको उल्लेख गरिन् । रानाले भनिन्, ‘मैले सिडिओलाई बुझ्दा १० ट्रक समान रोकिएको रहेछ । प्रक्रिया मिलाएर रोकिएको सामान छुटाई पेट्रोलियम अन्वेषणको काम सुचारु गराउन सरकारको ध्यानाकर्षण गराउँछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजा फर्काउन गठित समितिका सदस्यहरू को कस्ता ?
-
काभ्रेको गोरखनाथ वनमा लागेको डढेलो नियन्त्रण बाहिर
-
मकवानपुर क्याम्पसको मतगणना केही बेरमा हुने
-
संघीयतापछि शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा उपलब्धि प्राप्त भएको छ: मन्त्री थापा
-
तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि बजेट
-
निर्मल क्याम्पसको स्ववियु सभापतिमा भण्डारी निर्वाचित