सरकारको नीति तथा कार्यक्रम सुझाव कार्यदलको बैठक बस्दै

काठमाडौँ । सरकारको आगामी साझा नीति तथा कार्यक्रमको प्राथमिकता छनोटका लागि गठित पाँच दलीय कार्यदलको बैठक दिउँसो ४ बजे बस्ने भएको छ । फागुन २१ गते नयाँ सत्ता समीकरण बनेसँगै गठबन्धनका पाँद दलबाट दुई/दुई जना सदस्य रहने गरी २७ गते कार्यदल गठन भएको थियो ।
सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बस्ने बैठकमा विभिन्न दलबाट आएका सुझावलाई समेटेर ड्राफ्ट तयार गर्ने कार्यदलका सदस्य मनिष सुमनले जानकारी दिए । ‘गठबन्धन दलहरूबाट आएका सुझाव समेटेर आज ड्राफ्ट तयार हुन्छ । प्रतिवेदन आजै बुझाउने वा नबुझाउनेबारे अहिले निष्कर्षमा पुगेका छैनौँ । त्यो बेलुका नै थाहा हुन्छ’, सुमनले भने ।
कार्यदलको संयोजक एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल रहेका छन् । सदस्यहरूमा एमालेका उपमहासचिव विष्णु रिमाल, माओवादीबाट अर्थमन्त्री एवं उपमहासचिव वर्षमान पुन, अर्का उपमहासचिव जनार्दन शर्मा रहेका छन् ।
यस्तै रास्वपाबाट उपसभापति डा. स्वर्णिम वाग्ले, महामन्त्री डा.मुकुल ढकाल, जसपाबाट नेता सुमनसहित वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ रहेका छन् । एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रजा राज्यलक्ष्मी देवी सिंह : जो राष्ट्रिय पञ्चायतमा उपाध्यक्ष हुने प्रथम महिला बनिन्
-
वीरगञ्जमा हनुमान जयन्त्रीको शोभायात्रा निकाल्ने क्रममा दुई समुदायबिच झडप
-
बराबरीमा रोकिए झापा र पोखरा
-
वीरगञ्जमा झडपः पसल र मोटरसाइकलमा आगजनी, प्रहरीद्वारा अश्रुग्यास प्रहार
-
उत्कृष्ट सुरुवातपछि लय गुमाउँदा १ सय ८० रनमा रोकियो गुजरात
-
प्रधानमन्त्री ओली भगौडा दलाल वर्गको संरक्षक हुन् : प्रभु साह