‘मध्यवर्ती क्षेत्रका जनतालाई कहिल्यै लोकतन्त्र आएन’
बिहीबार, ०१ चैत २०८०, ११ : ५४
_O681TcPaWQ.jpg)
काठमाडौँ । नेकपा एमालेका सांसद सूर्यप्रसाद ढकालले मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने जनतालाई कहिल्यै प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र आउन नसकेको बताएका छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद ढकालले मध्यवर्ती क्षेत्रमा विद्युत, खानेपानी, ढल निर्माण गर्न पाइँदैन र आफ्नै जमित समेत खनजोत गर्न नपाइने भएकाले त्यहाँका जनतालाई लोकतन्त्रको अनुभूति हुन नसकेको बताएका हुन् ।
उनले मध्यवर्ती क्षेत्र मानव र विकासमैत्री कहिल्यै नभएको भन्दै मध्यवर्ती क्षेत्र खारेज गरी वन डिभिजनमार्फत ल्याउन सभामुखमार्फत सरकारसँग माग गरेका छन् । साथै उनले मध्यवर्ती क्षेत्रमा काम गर्ने कर्मचारीको सम्पत्ति छानबिन गर्न माग गरेका छन् ।