चक्रपथको सर्भिस ट्र्याक ढिलाइबारे सत्तापक्षका सांसदले गराए सरकारको ध्यानाकर्षण
बिहीबार, ०१ चैत २०८०, ११ : ४९
_gHobEKDocg.jpg)
काठमाडौँ । सत्ता घटक राष्ट्रिय स्वतन्त्र पार्टीले चक्रपथको सर्भिस ट्र्याक ढिलाइबारे जवाफ मागेको छ । प्रतिनिधिसभा बैठकको शून्य समय बोल्दै सांसद शिशिर खनालले चक्रपथको सर्भिस ट्र्याक ढिलाइबारे सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले उक्त सर्भिस ट्रयाकले पूर्णता नपाउँदा स्थानीयले हिउँदमा धुलो र वर्षातमा हिलोको मारमा पर्ने गरेको बताए ।
उनले भने,‘ सडक विभागमा पनि मैले ध्यानाकर्षण गराएँ, ठेकेदारले सरकारले पैसा नदिएकाले बनाउन नसकेको गुनासो गर्छन्, काठमाडौँका मेयरले यो सडक त हाम्रो होइन भनेर बोर्ड टाँस्नुभएको छ । सरकारलाई साह्रै गाह्रो परेको भए महानगरसँग सापटी माग्ने हो कि ? ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँगनमा कुखुरा आएको निहुँमा बुवामाथि गोली प्रहार
-
रेशमलाई पक्राउ गर्नुपर्ने पत्र बोकेर १० बजे नै डिल्लीबजार पुगेका थिए महिमानसिंह विष्ट
-
यी हुन् सरकार र शिक्षकहरूबिच भएका ९ बुँदे सहमति
-
विद्यालय शिक्षा विधेयक तपाईंहरूकै घरमा लैजान्छौँ : गृहमन्त्री लेखक
-
शिक्षकको माग पूरा गर्दा सरकारलाई करिब ८ अर्ब दायित्व बढ्ने
-
विद्यालय शिक्षा विधेयक पारित गर्ने सम्बन्धमा सत्तापक्षले गरेको लिखित प्रतिबद्धता सार्वजनिक