कांग्रेसका युवा नेता शाहीले कर्णालीमा ‘संगठन सुदृढ यात्रा’ गर्दै

सुर्खेत । नेपाली कांग्रेसका युवा नेता भूपेन्द्रजंग शाहीले कर्णालीमा ‘कांग्रेस संगठन सुदृढ यात्रा’ गर्ने भएका छन् । शुक्रबारदेखि उनले उक्त यात्राको थालनी गरिने बताए । बिहीबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै शाहीले शुक्रबारदेखि सल्यानको कपुरकोटदेखि यात्रा सुरु गरी हुम्ला सिमिकोट पुगेर अन्त्य गरिने बताए ।
कुनै बेला कर्णालीका गाउँ–गाउँमा पुगेर कांग्रेसको संगठन बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेका शाहीले प्रदेशका १० वटै जिल्लामा पुग्ने, कांग्रेसलाई भावनात्मक रुपमा एकताबद्ध बनाएर संगठनलाई सुदृढ, बलियो र सशक्त बनाउँदै पार्टीलाई थप उर्जाशील र गतिशील बनाउने आफ्नो उद्देश्य रहेको बताए ।
१० जिल्ला, गाउँ–गाउँ, टोल–टोलमा पुगेर आम कार्यकर्तामा नयाँ आशा, भरोसा र नयाँ ऊर्जा थप्न उक्त यात्राले महत्वपुर्ण भूमिका खेल्ने अपेक्षा उनको छ । ‘कांग्रेसलाई सशक्त, सबल, प्रभावकारी, सुदृढ , लोकप्रिय, बलियो र गतिशील पार्टी बनाउने हामी सबै पार्टी सदस्यहरुको कर्तव्य र दायित्व पनि हो,’ उनले भने, ‘यही कुरालाई आत्मसात गर्दै यो यात्रा सुरु गर्न लागेको छु । यो विषयमा प्रदेशका नेताहरुसँग पनि कोअर्डिनेशन गरिएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति समाधान होइन: उपमहासचिव ज्ञवाली
-
प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम चैत ७ गते
-
नेशनल इभेन्ट म्यानेजमेन्ट एसोसिएसनको अध्यक्षमा रवि धमला
-
अग्नि सापकोटाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
-
राजावादीहरूले टाउको उठाउनुमा सबैभन्दा बढी खोट कम्युनिस्टमै देख्छु : जगन्नाथ खतिवडा
-
यी हुन्, नेविसंघले हालसम्म निर्विरोध जितेका स्ववियु अध्यक्ष र क्याम्पस (सूचीसहित)