कोशी सरकार जोगाउन कस्सियो कांग्रेस
बिहीबार, ०१ चैत २०८०, १० : २८

काठमाडौंँ । कोशी प्रदेश सरकार जोगाउन नेपाली कांग्रेस जुटेको छ । कांग्रेसका मुख्यमन्त्री रहेको प्रदेश सरकार कसरी जोगाउने भन्नेबारे बिहीबार बिहान पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानीलकण्ठमा शीर्ष नेताहरूबिच छलफल भएको छ ।
‘कोशी सरकारबारे छलफल भएको हो । जोगाउन लाग्नु स्वाभाविक हो’ पार्टी प्रवक्ता डा। प्रकाश शरण महतले रातोपाटीसँग भने ।
नयाँ सत्ता गठबन्धन बनेसँगै कोशी सरकार सङ्कटमा परेको अनुमान गरिएको छ । त्यसबारे देउवा निवासमा पार्टी उपसभापतिहरु, महामन्त्रीहरू, प्रमुख सचेतक र कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीबिच छलफल भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिलाले निरन्तर हाँक्दै सामुदायिक वन
-
ला लिगामा रियाल मड्रिड विजयी, बार्सिलोनासँग अंंक बराबर
-
प्रिमियर लिग : चेल्सी विजयी हुँदा आर्सनल र म्यान्चेस्टर युनाइटेडको पर्यो टक्कर
-
रातोपाटी ब्रिफिङ : पूर्वराजाको स्वागतमा समर्थकको लावालस्करदेखि कुलमानले बुझाए स्पष्टीकरणसम्म
-
विराट गोल्डकप : आर्मीलाई हराउँदै थ्रीस्टार फाइनलमा
-
जनप्रगतिशील मञ्च इजरायल : जोशीको संयोजकत्वमा आयोजक कमिटी गठन