उपनिर्वाचनका लागि २० दलको निवेदन

काठमाडौँ । आगामी बैशाख १५ गते इलाम बझाङमा हुने उपनिर्वाचनका लागि २० दलले निवेदन दिएका छन् । निवेदन दिनेहरुमा प्रतिनिधिसभातर्फ २० र प्रदेश सभातर्फ १९ वटा राजनीतिक दल रहेका छन् ।
निर्वाचन आयोगले दल दर्ताका लागि निवेदन दिने समय फागुन ३० गतेसम्म तोकेको थियो । उपनिर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) लगायत छन् ।
रास्वपाले प्रतिनिधिसभामा मात्रै सहभागी हुने निर्णय गरेकाले उसले प्रदेश सभाका लागि निवेदन दिएको छैन ।
एमाले नेता सुवास नेम्वाङ निधन भएपछि इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ (क)मा कांग्रेसका पृथ्वीबहादुर सिंहको सवारी दुर्घटानमा मृत्यु भएपछि रिक्त हुन गएकाले उपनिर्वाचन हुन लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अछामको साँफेहाट बजारमा भीषण आगलागी, १० वटा पसल पूर्ण रूपमा नष्ट
-
भन्सार छलीको सामानसहित ३ मोटरसाइकल बरामद
-
कांग्रेस नेता तथा पूर्वराज्यमन्त्री तीर्थराम डंगोलको निधन
-
सहकारी विभाग र प्रशिक्षण केन्द्रलाई मर्ज गर्दै सरकार
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थाेक मूल्य
-
रौतहटका स्थानीय तहको बेरुजु ११ अरब नाघ्यो