मेस्सी र सुवारेज चम्किँदा मियामी अन्तिम ८ मा

मियामी । नासभिललाई हराउँदै इन्टर मियामी कोनकाकाफ च्याम्पियन्स कपको अन्तिम आठमा प्रवेश गरेको छ । लियोनेल मेस्सी र लुइस सुवारेजले गोल र एसिस्ट गर्दा टोली दोस्रो लेगमा ३–१ र समग्रमा ५–३ गोलले विजयी बनेको हो ।
खेलको सुरुवातमा नै मेस्सीको पासमा लुइस सुवारेजले गोल गर्दै टोलीलाई अग्रता दिलाए । २३ औँ मिनेटमा मेस्सीले टोलीको अग्रता दोब्बर बनाए । दोस्रो हाफको ६३ औँ मिनेटमा रोबर्ट टेलरले ३७ वर्षीय सुवारेजको पासमा गोल गर्दै टोलीलाई ३–० को फराकिलो अग्रता दिलाए ।
इन्जुरी समयमा साम स्टरिजले नासभिलका लागि गोल फर्काए पनि त्यो सान्त्वना गोलमात्र बन्न पुग्यो । आइतबार एफसी मोन्ट्रेयालसँग २–३ गोलले पराजित मियामीले यो खेलमा उत्कृष्ट पुनरागमन गर्न सफल भयो । खेलमा मात्र ४९ मिनेट खेलेका मेस्सीले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
अब टोलीले च्याम्पियन्स कपको अन्तिम आठमा एफसी सिन्सिनाटी र सीएफ मोन्टेरेबिचको विजेतासँग खेल्नेछ । उता लिगमा टोलीले डीसी युनाइटेडसँग भिड्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायती राजकुमारमाथि यौन दुर्व्यवहारको आरोप लगाउने महिलाको निधन
-
नइ एकेडेमीले ‘नेपाल भारत प्राध्यापक सम्मेलन’ गर्ने
-
देशप्रति जसको निष्ठा छैन तिनको मुकुण्डो उतार्नुपर्दछ : प्रधानमन्त्री ओली
-
गीत चोरी गरेको आरोपमा एआर रहमानलाई २ करोड जरिवाना
-
सरकार कहिले ढल्छ होइन, सातबुँदे कहिले कार्यान्वयन हुन्छ भनेर सोधौँ : धनराज गुरुङ
-
एसीमा कति समय बस्नु सुरक्षित छ?