आन्दोलन छाडेर वार्षिक परीक्षा सञ्चालन गर्न शिक्षकहरूलाई कार्यवाहक नगरप्रमुख खातुनको आग्रह
रौतहट । रौतहटको फतुवा विजयपुरकी कार्यवाहक प्रमुख अम्बेया खातुनले आन्दोलन छोडेर वार्षिक परीक्षा सञ्चालन गर्न सम्पूर्ण शिक्षकहरूलाई आग्रह गरेकी छन्। नगर क्षेत्र अन्तर्गतका कक्षा १ देखि ९ सम्मका ६ हजार बालबालिकाको भविष्यको सवाल भएकाले मेयर खातुनले निर्धारित समयमा परीक्षा सञ्चालन गर्न सम्पूर्ण शिक्षकहरूलाई आग्रह गरेकी हुन्।
नगरक्षेत्र अन्तर्गतका सम्पूर्ण शिक्षक कर्मचारीको तलब आगामी चैत ४ गते कोलेनिकाबाट खातामा जाने निश्चित भएकाले तलबको बिषय लिएर अब कुनै प्रकारको विवाद आन्दोलन नगर्न खातुनले आग्रह गरेकी हुन् ।
खातुनले रातोपाटीसँग कुरा गर्दै आफू कार्यवाहक मेयरको जिम्मेवारी पाएदेखि नै केही जनप्रतिनिधि विभिन्न भ्रम फैलाएर असफल बनाउने पटक पटक षडयन्त्र गर्दै आएकाले कसैको बहकावामा नपरी बालबालिकाको भविष्यको लागि वार्षिक परीक्षा सञ्चालन गर्न खातुनले सम्पूर्ण शिक्षक कर्मचारीसँग अनुरोध गरेकी छन्।
त्यसैगरी फतुवा विजयपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानले आगामी चैत ४ गते नगरक्षेत्रका सम्पूर्ण शिक्षक कर्मचारीको तलब खातामा जाने दोहर्याएका छन्।
फतुवा विजयपुर नगरपालिकाको ३२ विद्यालयमा कार्यरत २०४ जना शिक्षक कर्मचारी र नगरपालिका लगायत अन्य गरी ३५० जना कर्मचारीले गत साउन देखि हालसम्म तलब पाएका छैनन्। तलबको माग गर्दै बुधवार देखि नगरपालिका अगाडी धर्नामा बसेका शिक्षकहरूले आज बिहान १० बजेदेखि हुने वार्षिक परीक्षा बहिष्कार गर्ने निर्णय गरेका थिए।
नगर शिक्षा संयोजक राधेश्याम यादवको अध्यक्षतामा बुधवार बसेको बैठकले सम्पूर्ण शिक्षकको तलब खातामा नगए सम्म परीक्षा सञ्चालन नगर्ने निर्णय गरेका थिए।
यसैबीच नेपाल शिक्षक सङ्घ रौतहटका अध्यक्ष रामकृपाल यादवले पनि ६ हजार बालबालिकाको भविष्य जोडिएको भएकाले आज देखि हुने कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा निर्धारित समयमा सञ्चालन गर्न फतुवा विजयपुरका शिक्षकहरूलाई आग्रह गरेका छन्।
फतुवा विजयपुर नगरपालिका स्थित ३२ विद्यालयमा कक्षा १ देखि ९ सम्मका झण्डै ६ हजार विद्यार्थी रहेको माबि सितलपुरका प्रधानाध्यापक बुनिलाल यादवले बताएका छन्।
फतुवा विजयपुरमा नेपाली कांग्रेस बाट निर्वाचित मेयर गोपाल राय यादव नदीको टेण्डरमा दोषी ठहर भएर अख्तियार द्वारा दण्डित भई उनको पद रिक्त भएपछि गत आर्थिक वर्षदेखि सोही पार्टी बाट निर्वाचित उपमेयर अम्बेया खातुन कार्यवाहकको जिम्मेवारी पाएकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहीबार आज कसलाई कति लाभ ? हेरौँ राशिफल
-
घट्यो अमेरिकी डलरको मूल्य, अन्य विदेशी मुद्रा कसको दर कति ?
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित