रौतहटको राजदेवीमा आगलागी, ३ घर जलेर नष्ट

रौतहट। रौतहटको राजदेवी नगरपालिकामा बुधवार साँझ आगलागीबाट ३ घर जलेर नष्ट भएका छन्। राजदेवी ७ मुडवलवामा आगलागीबाट ३ घर जलेर नष्ट भएको हो । आगलागीबाट स्थानीय कैलाश राउत बरई, शत्रुधन साह र हृदय साहको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।
आगलागीबाट घरमा रहेको अन्न, लत्ताकपडा लगायत लाखौं मूल्य बराबरको सरसमान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट मानवीय क्षति भने भएको छैन।
जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले आगलागीबाट करिब ७ लाख बराबरको क्षति भएको बताइन् । स्थानीयवासी र सशस्त्र प्रहरीले बारुण यन्त्रको सहयोगमा आगलागी नियन्त्रणमा लिएको प्रवक्ता गिरीले जानकारी दिइन् ।
यसैबिच नेपाल रेडक्रस सोसाइटी रौतहट जिल्ला शाखाका सभापति राजकिशोर यादवसहित पदाधिकारीहरुले आगलागी पीडितको घरमा पुगेर बिभिन्न सरसामान, भाडा बर्तन तथा खानेकुरा र त्रिपाल सहयोग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्रधानमन्त्री र मन्त्रीहरूले कति सम्पत्ति पुर्याएपछि सार्वजनिक गर्नुहुने हो ?’
-
रातारात विकासको लहर चल्छ भन्ने सोच्नुभएको थियो, त्यो अनुसार गर्न सकिएन : प्रचण्ड
-
प्रतिगामी हर्कतका छिटपुट बाछिटा जहाँ देखापरे त्यहीँ अन्त्य गरिनुपर्छ : एमाले
-
अर्बौँको सार्वजनिक सम्पत्तिमा डाबर नेपालको रजाइँ
-
प्रधानमन्त्रीलाई एक पशु चिकित्सकको चिठी
-
उदाहरणीय बन्दै सुरौदी तिखेढुङ्गामा खरबुजाखेती