प्रदेश
तीन प्रदेश प्रमुखले लिए पद तथा गोपनीयताको शपथ
बुधबार, ३० फागुन २०८०, १८ : २३

काठमाडौँ । तीन प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार शीतल निवासमा तीन प्रदेश प्रमुखले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेका हुन् ।
मधेसका लागि सुमित्रा भण्डारी, गण्डकीका लागि डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशका लागि नजिर मियाँले शपथ लिएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले उनीहरुलाई प्रदेश प्रमुखमा नियुक्त गरेका थिए ।
यसअघि बुधबार राष्ट्रपति पौडेलले मधेस प्रदेश प्रमुख हरिशंकर मिश्र, गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीलाई पदमुक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि क्रिकेट मैदान : २५ हजार दर्शक क्षमताको प्यारापिट बन्दै
-
इष्टरमा युद्धविरामको घोषणा गरेको रुसले रोकेन हमला
-
राप्रपाका नेताहरूलाई ज्ञानेन्द्रले भने– पुलिसलाई गुलाफको फूल दिनू !
-
९ महिनामा १४ खर्बको व्यापार हुँदा व्यापार घाटा ११ खर्ब नाघ्यो
-
नयाँ गीत ‘यूके लान्छु’ मा सचिन र गरिमाको रोमान्स
-
परमाणु सम्झौतामा नयाँ मोड, आधारभूत मुद्दाहरूमा सहमति