खतरनाक केमिकलको ट्याङ्कीमा खस्यो बिरालो
टोकियो । जापानको एउटा सहरमा खतरनाक केमिकलको ट्याङ्कीमा एउटा बिरालो खसेको छ ।
हिरोशिमा प्रिफेक्चरको फुकुयामा सहरमा रहेको नोमुरा मेक्की फुकुयामा कारखानामा आइतबार रातिको समयमा यो घटना भएको थियो । यो घटनापछि अधिकारीहरूले गस्ती बढाएका छन् । स्थानीयहरूलाई बिरालोको नजिकमा नजान अनुरोध गरिएको छ ।
बिरालो क्यान्सर गराउने केमिकल हेक्जाभ्यालेन्ट क्रोमियम राखिएको ट्याङ्कीमा खसेको थियो । सप्ताहन्तपछि कर्मचारीहरू कारखाना फर्किदा ट्याङ्कीलाई छोपिएको एउटा सिट अलिकति च्यात्तिएको पाए । यो केमिकल विशेष गरी आँखा, छाला र स्वासप्रश्वास प्रणालीका लागि खतरनाक बताइन्छ । कारखानाका कर्मचारीहरू प्राय प्रोटेक्टिभ कपडा लगाएर बस्ने गरेका छन् ।
सोमबार बिहान कर्मचारीहरूले कारखानाको भुँइमा बिरालोको पञ्जाको छाप भेटेको कारखानाका म्यानेजर आकिहिरो कोबायाशीले बताएका थिए । वरपर बिरालोको खोजी गरिएको भएपनि भेटिएन । बिरालो जिउँदो छ कि मरिसक्यो भन्ने थाहा हुन सकेको छैन । तर कर्मचारीहरुले बिरालोको खोजी तीव्र पारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले गठन गरेको वार्ता समितिसँग मुक्कुमलुङ संरक्षण समितिले वार्ता नगर्ने
-
टुङ्गरम इन्टरनेशनल एकेडेमीको जाहेरी तान्ने सीआईबीमाथि उच्च अदालतको प्रश्न
-
एक वर्षमा २ हजार बढी कुष्ठरोगका बिरामी फेला
-
अध्यक्ष प्रचण्डद्वारा पार्टी प्रवेश गर्नेहरुलाई स्वागत
-
निक्षेपमा २५ करोड लगानी गर्दै राष्ट्र बैंक
-
अहिले कथा हिरो भएको समय हो : रेखा थापा