कानुन तथा न्यायको क्षेत्रमा योगदान पुर्याउनेलाई ‘स्व. सुरेन्द्र बहादुर बस्नेत सम्मान पुरस्कार’ प्रदान गरिने
![कानुन तथा न्यायको क्षेत्रमा योगदान पुर्याउनेलाई ‘स्व. सुरेन्द्र बहादुर बस्नेत सम्मान पुरस्कार’ प्रदान गरिने](https://npcdn.ratopati.com/media/news/budha_XXTD22XuTN.jpg)
काठमाडौँ । हरेक दुई वर्षमा नेपालमा कानुन तथा न्यायको क्षेत्रमा सुधार, अन्वेषणलगायत विशिष्ट योगदान पुर्याउने व्यक्तिलाई ‘स्व. सुरेन्द्र बहादुर बस्नेत सम्मान पुरस्कार’ प्रदान गरिने भएको छ । बुद्ध एयरले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पुरस्कारका लागि बुद्ध एयरले रु. पच्चिस लाखको अक्षय कोषको स्थापना गरेको जनाएको हो ।
सम्झौतामा बुद्ध एयरका तर्फबाट कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेत तथा सर्वोच्च अदालत बार एसोसिएसन तर्फबाट सचिव अधिवक्ता श्याम कुमार खत्रीले हस्ताक्षर गरेका छन् ।
अक्षय कोषबाट प्राप्त हुने ब्याज रकमबाट हरेक दुई वर्षमा एक जना व्यक्तिलाई सम्मान गरिनेछ । बुद्ध एयरले पहिलो वर्षका लागि थप रु। पाँच लाख रकम पनि प्रदान गरेको छ ।
सर्वोच्च अदालत बार एसोसिएसनले ‘क’ वर्गका बैङ्कहरुमध्ये बढीभन्दा बढी ब्याजदर प्रदान गर्ने बैङ्कको मुद्दती खातामा रकम जम्मा गर्नेछ । यसबाट प्राप्त हुने ब्याज रकममध्ये ३,००,००० पुरस्कार राशिमा तथा अन्य रकम साधारण सभाको दिनमा खर्च गरिने जनाइएको छ ।
स्व। सुरेन्द्र बहादुर बस्नेत बुद्ध एयरका संस्थापक अध्यक्षका साथै सर्वोच्च अदालतका पूर्व न्यायाधीश थिए । उनी निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त तथा नेपाल प्रेस काउन्सिलको संस्थापक अध्यक्ष हुन् । उनले विभिन्न समयमा नेपाल सरकारको मन्त्री तथा विभिन्न आयोगका अध्यक्ष भएर पनि सेवा पुर्याएका थिए ।
बुद्ध एयरसँग १५ वटा एटीआर–७२ तथा ३ वटा एटीआर–४२ जहाजहरु रहेका छन् । बुद्ध एयरले दैनिक १५० भन्दा बढी उडान भरिरहेको छन् ।
बुद्ध एयर पोखराबाट नेपालगञ्ज, भरतपुर तथा भैरहवाको सिधा उडान भरिरहेको छ । यसले साताको दुई दिन भारतको वाराणसी पनि उडान गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद बलायरको प्रश्न: सुदूरपश्चिम प्रदेशले राजधानी कहिले पाउँछ ?
-
सरकार नियमावलीको आधारमा कानुन बनाएर भ्रष्टाचार गर्न तयार छ : सांसद लामा
-
सरकारले ल्याएको अध्यादेशको विरोध गर्नुको कुनै औचित्य छैन : सांसद श्रेष्ठ
-
दक्षिण अफ्रिकाका ब्याटरले डेब्यू खेलमा नै बनाए विश्व कीर्तिमान
-
ब्रेकअप पछि एक्लै बसेर खुबै रुन्छन् सलमान खान ?
-
खेलकुदमन्त्री चौधरीलाई सांसदको प्रश्न : ०४७ सालको संविधान कार्यान्वयन हो कि, संशोधन भइसक्यो ?