सल्यानको शारदा नगरपालिकाका तत्कालीन वडाध्यक्ष थापाविरुद्ध भ्रष्टाचार मुद्दा
मृत्यु भएको व्यक्तिको नाममा वडाध्यक्षले बुझे ५१ हजार वृद्धभत्ता
बुधबार, ३० फागुन २०८०, १६ : २९
![सल्यानको शारदा नगरपालिकाका तत्कालीन वडाध्यक्ष थापाविरुद्ध भ्रष्टाचार मुद्दा](https://rpcdn.ratopati.com/media/albums/ciaa_akhtiyar_nepal_8cg9ER8zqm.jpg)
काठमाडौँ । मृत्यु भइसकेको व्यक्तिको नाममा वृद्ध भत्ता वितरण गरेको आरोपमा सल्यानस्थित शारदा नगरपालिका– ३ का तत्कालीन वडाध्यक्ष टोपबहादुर थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । थापाले अस्तित्वमा नभएको व्यक्तिलाई आफ्नो आमा नाता जनाएर ५१ हजार वृद्ध भत्ता वितरण गरेका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उजुरी अनुसार अनुसन्धान गर्दा थापाले आर्थिक वर्ष २०७४/०७५, २०७५/०७६ को प्रथम, दोस्रो र तेस्रो किस्ता र २०७६/०७७ को प्रथम किस्ता गरी ५१ हजार रुपैयाँ नामा नाता लगाएर आफैँ बुझिलिएको फेला परेको छ ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार थापाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम जरिवाना र कैद सजायको माग दावी लिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२० लाख पर्यटक भित्र्याउने गरी पोखरा भ्रमण वर्ष घोषणाको तयारी
-
१२ बजे, १२ समाचार : रविको धरौटी तिर्ने बैंकले धोका खानेदेखि विपिन जोशीको रिहाइका लागि सभामुखको पहलसम्म
-
भारतमा पटाका कारखानामा विस्फोट हुँदा चार जनाको मृत्यु
-
साहित्य उत्सव : जनकपुरका विविध पक्षबारे मन्थन
-
तातोपानी गाउँपालिकाद्वारा १७ विधेयक पारित
-
धरानमा ‘प्रदेश प्रिमियर लिग’ फुटबल प्रतियोगिता हुने