वित्तीय सुशासनमा पोखरा महानगर जिल्लाकै कमजोर, सबै पालिकाको औसत रिजल्ट

पोखरा । पोखरा महानगरपालिका वित्तीय सुशासन जोखिम मुल्यांकनमा जिल्लाको सबैभन्दा कमजोर देखिएको छ । २०७९/०८० मा महानगरपालिका ६० अंक सहित सबैभन्दा पछाडी छ । सार्वजनिक भएको नतिजा अनुसार रुपा गाउँपालिकाको नतिजा सबैभन्दा उत्कृष्ट देखिएको छ । रुपाले ६७ अंक सहित उच्च स्थान पाउँदा माछापुच्छ्रे गाउँपालिकाले ६४.५ अंक पाएको छ ।
यस्तै, अन्नपूर्णले ६२ र मादीले ६०.५ अंक पायो । जिल्ला समन्वय समिति कास्कीले जिल्लाका स्थानीय तहहरुको वित्तीय सुशासन जोखिम मुल्यांकनको नतिजा सार्वजनिक गरेको हो । जिल्लाको नतिजा औसत देखिएको छ । जिसस कास्कीका प्रमुख लिलाधर पौडेलले कुनैपनि पालिकाको नतिजा अव्वल हुन नसकेको भन्दै आगामी दिनमा सुधार्न सुझाए ।
‘सुशासन र समृद्धीको जग नै वित्तीय सुशासन हो । कास्कीका पालिकाहरुको नतिजा औसत आएको छ,’ उनले भने, ‘यत्ति अंकले पुग्दैन । कास्कीले उत्कृष्ट नतिजा ल्याउनुपर्छ । आगामी वर्ष सुधार गरोस् ।’ यसका लागि जनप्रतिनिधिसँगै कर्मचारीको पनि उल्लेख्य भूमिका रहने पौडेलले सुनाए । वित्तीय सुशासन जोखिम मूल्याङ्कन कार्यविधी २०७७ को आधारमा उक्त नतिजा सार्वजनिक गरिएको हो ।
योजना बजेट तथा कार्यक्रम ब्यबस्थापन, कार्यान्वयन क्षमता तथा व्यवस्थापन, लेखाकंन तथा प्रतिवेदन, अनुगमन मूल्यांकन तथा लेखा परीक्षण र राजश्व व्यवस्थापनका विषय क्षेत्र तोकी १ सय १८ वटा सूचकमा अंक दिइएको थियो । विशेष गरी कार्य क्षमता र अभिलेख प्रणालीको विकास नहुँदा पालिकाहरु कमजोर देखिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२५ करोड प्रकरण : ट्रक चालक र मालिक नारायण पौडेलविरुद्ध मुद्दा दायर
-
भाटभटेनीबाट फलफूल चोरेर भागेका ८ जना हाजिरी जमानीमा छुटे
-
तत्कालीन प्रदेश सचिव अधिकारीलाई सफाइ दिने विशेषको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन
-
‘एभियोट्रेस नेपाल स्कुल अफ टेक्नोलोजी’ विरुद्धको रिटमा लिखित जवाफ माग
-
सर्वोच्चले जिल्लासँग माग्यो पूर्वडीआईजी जोशीलाई थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन
-
पाँचपटकका च्याम्पियन चेन्नई र मुम्बईसँगै संकटमा छन् यी चार टोली