रविको बचाउ गर्दै प्रधानमन्त्रीले भने— आफूतिर आए प्रम बनाउने, नआए भ्रष्टाचारी (भिडियो सहित)

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बचाउ गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा आफ्नो पक्षमा विश्वासको मत माग्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेको बचाउ गरेका हुन् ।
प्रतिनिधिसभा बैठकमा आजै नेपाली कांग्रेस, जनमोर्चालगायत दलले सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेलाई गृहमन्त्री बनाइएको प्रधानमन्त्रीको जवाफ मागेका थिए । ‘आफूतिर आए प्रधानमन्त्री दिने, नआए भ्रष्टाचारी ?’ प्रधानमन्त्रीको जवाफ थियो ।
‘तीनै (रवि लामिछाने)लाई प्रधानमन्त्री बनाउन हिँडेको देखिरहेका छौँ,’ उनले भने, ‘आफूतिर आए प्रधानमन्त्री बनाउन तयार, नआए भ्रष्टाचारी, कारबाही गर्नुपर्छ, यस्तो डबल स्ट्यान्ड ।’
कांग्रेस सचेतक सुशीला थिङ, महामन्त्री विश्वप्रकाश शर्मा र जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारी ठगीको आरोप लागेका लामिछानेलाई गृहमन्त्री बनाएकोमा आपत्ति जनाएका थिए । कांग्रेस महामन्त्री शर्माले लामिछानेको मुद्दा आगामी दिनमा पनि उठ्ने बताएका थिए । यस्तै रास्वपाका सभापति स्वर्णिम वाग्लेले लामिछानेमाथि नैतिकताको प्रश्न उठाउने कांग्रेसले प्रधानमन्त्रीको अफर गर्दा पनि सोच्नुपर्ने जवाफ दिएका थिए । यद्यपि कांग्रेसले लामिछानेलाई प्रधानमन्त्रीको अफर नगरेको दाबी गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको भाउले फेरि बनायो नयाँ कीर्तिमान
-
एसईई दिएका विद्यार्थीहरूका लागि माइन्डराइजर्स इन्स्टिच्युट अफ टेक्नोलोजीले ल्यायो विशेष अफर
-
हेटौँडामा सैलुनलाई एसी दिने तोकादेश, मेयर लामाको आलोचना
-
कोशीका पूर्वमन्त्री खत्रीले गरे अन्तरजातीय विवाह, भोजमा हुने खर्च वृद्धाश्रमलाई
-
सरकारले ‘पर्फमेन्स’ बढाउनुपर्ने कांग्रेसको निष्कर्ष
-
कांग्रेस भन्छ– प्रचण्डले भनेजस्तो सरकार ढल्दैन