इलाममा सुन्तला उत्पादन घट्यो

इलाम । इलाममा यसवर्ष सुन्तालन उत्पादन घटेको छ । गत वर्षको तुलनामा चार मेट्रिकटन अर्थात् शून्य दशमलव १५ प्रतिशतले सुन्तला उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष दुई हजार सात सय ४० मेट्रिकटन सुन्तला उत्पादन भएको छ । गत वर्ष दुई हजार सात सय ४४ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । गत वर्षभन्दा यस वर्ष सुन्तलाखेती गरिने क्षेत्र घटेको छ । विभिन्न अज्ञात रोगका सङ्क्रमणका कारण सुन्तलाखेती हुने क्षेत्र घटेको हो । गत वर्ष दुई सय ८० हेक्टर क्षेत्रमा सुन्तला खेती गरिएकामा यस वर्ष दुई सय ७८ दशमलव पाँच हेक्टर क्षेत्रमा मात्र सुन्तलाखेती भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
जिल्लाबाट निकासी हुने प्रमुख कृषि उपजका रुपमा सुन्तलालाई लिने गरिन्छ । सुन्तलाको फूल खेल्ने र बटिला लाग्ने समयमा बेमौसमी वर्षा, असिनापानी र रोगकीराको समस्याका कारण सुन्तला उत्पादन घटेको रोङ गाउँपालिका–६ सलकपुरका किसान यामप्रसाद अधिकारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुरमा सकारात्मक सोँच सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
-
युवा साहित्य सम्मेलनको वक्तृत्वकलामा विनिताले जितिन् एक लाख पुरस्कार
-
काठमाडौँ महानगरले प्रकाशन गर्यो कक्षा ८ को अन्तिम नतिजा
-
नृपेशको ‘तिम्रो मायाको मलाई’ मा बज्राचार्यको स्वर
-
पोखरामा नयाँ वर्ष महोत्सवमा भक्तपुरे विस्केट जात्रा
-
एपिएफ महिन्द्रा स्पोर्टस अवार्ड प्रदान [तस्बिरहरु]