सरकारले गैरकानुनी कारोबारमा संलग्नलाई उन्मुक्ति दिइरहेको छ : सांसद बस्नेत

काठमाडौँ । नेपाली कांग्रेसका सांसद जितजंग बस्नेतले सरकारले गैरकानुनी कारोबारमा संलग्नलाई उन्मुक्ति दिने काम गरिरहेको आरोप लगाएका छन् ।
बुधवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले सरकारले गैरकानुनी कारोबारमा संलग्नलाई उन्मुक्ति दिने संयन्त्र बनाउनतर्फ अग्रसर भएको बताए । उनले सत्ता र शक्तिको दुरुपयोग गरी गैरकानुनी कारोबार गर्न सहज बनाउन माओवादी लागेको बताए ।
उनले भने, ‘हिजो आज आएका सूचना र समाचार आधार हेर्दा सुशासन र सेवा प्रवाहमा प्रभावकारी ढंगले लाग्नुपर्नेमा नेपाल सरकारले आफ्नो ध्यान अन्यत्र केन्द्रित गरेको देखिन्छ । के नेपाल सरकार गैरकानुनी कारोबारमा संलग्नलाई उन्मुक्ति दिने संयन्त्र बन्दै गएको हो । माओवादी केन्द्रका नेताका छोराहरु गैरकानुनी कारोबारमा संलग्न भएका सूचना पटक पटक आएका छन् तर माओवादी केन्द्र सरकारमा रहँदासम्म यस्ता गैरकानुनी कारोबारका अनुसन्धान नहुने र आफ्ना कार्यकर्तालाई उन्मुक्ति दिइरहने हो । सत्ता र शक्तिको दुरुपयोग गर्दा यस्ता गैरकानुनी कारोबार गर्न सहज हुने बनाउन हो । यस्तै गतिविधि गर्न सत्ता र शक्तिमा रही रहन लालायित हो । सत्तामा रहेका परिवारका सदस्यहरु गैरकानुनी कारोबारमा संलग्न रहेको भनि विदेशी अदालतले समेत दोषी ठहर गरेको सूचना आएको छ । यस्ता कारोबारमा संलगनलाई गृह प्रशासन अनुसन्धानको दायरामा नल्याई उन्मुक्ति दिनेतर्फ गएको हो ।’
सांसद बस्नेतले सत्तामा रहेका परिवारका सदस्यहरु गैरकानुनी कारोबारमा संलग्न रहेको भनि विदेशी अदालतले समेत दोषी ठहर गरेको सूचना आएपनि गृह प्रशासन कारोबारमा संलग्नलाई अनुसन्धानको दायरामा नल्याई उन्मुक्ति दिनेतर्फ गएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटना : थप तीन जना प्रहरी नियन्त्रणमा
-
मुम्बई आक्रमणका अभियुक्त तहव्वुर राणाको सुपुर्दगी सफल : एनआईए
-
नयाँ वर्षमा सुनराको स्कुटर किन्दा ६० हजारसम्म छुट
-
चीनको विकास नेपालका लागि प्रेरणा – दिनानाथ शर्मा
-
गौतमबुद्ध विमानस्थलमा पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्न माग
-
चेन्नईको कप्तानीको जिम्मा धोनीको काँधमा