संसद् बैठक
सुनचोर र सहकारी चोरलाई विश्वासको मत नदिने चित्रबहादुरको घोषणा (भिडियो सहित)
बुधबार, ३० फागुन २०८०, १४ : ४०

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले अहिलेको संसदीय व्यवस्थामा जसरी पनि चुनाव जित्ने र सरकारमा जाने प्रवृत्तिका कारण पार्टीहरू बदनाम भएको बताएका छन् ।
बुधवार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै केसीले माछा बेच्ने र किन्नेको प्रसङ्ग निकाल्दै दुई वटा नागरिकता र पासपोर्ट भएकालाई गठबन्धनकै बलमा गृहमन्त्री बनाएको होइन ? भनेर प्रश्न गरे ।
‘राजनीतिलाई कसैले सुन चोर्ने, कसैले सहकारी चोर्ने, कसैले मिटरब्याजी चोर्ने राजनीतिक नेताको समर्थन नभई मिटरब्याजीले त्यो बदमासी गरेका छन् ?’, केसीले त्यस्तालाई विश्वासको मत नदिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्पतालको शिलान्यास गर्दै ओलीले भने- निर्माणपछि भारतका जनतालाई समेत उपचार सुविधा दिन सकिन्छ
-
पेरुका राष्ट्रपतिको ‘रोलेक्सगेट’ काण्ड खारेज
-
जात्रामय भएको छ भक्तपुर, ९ दिने बिस्काको महिमा के छ ?
-
सामान्य प्रशासनसचिव पन्थको ह्वाट्सएप ह्याक
-
रास्वपा केन्द्रीय सदस्य ज्वाला संग्रौलाविरुद्ध दायर अवहेलनासम्बन्धी मुद्दाको सुनुवाइ सकियो
-
फाइनलमा कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य