कुशल भुर्तेलले नै लिए पीएनजीको सातौँ विकेट
बुधबार, ३० फागुन २०८०, १३ : १९

काठमाडौँ । हङकङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको फाइनलमा बुधबार नेपालले पपुवा न्यु गिनी (पीएनजी) को सातौँ विकेट लिएको छ । पीएनजीको सातौँ विकेट पनि कुशल भुर्तेलले नै लिए ।
कुशलले पीएनजीका आठौँ नम्बरका ब्याट्सम्यान किपलिन दोरिगालाई लोकेश बमद्वारा क्याच गराएका हुन् । कुशल भुर्तेलले लिएको यो तेस्रो विकेट हो । विकेटकिपर ब्याट्सम्यान दोरिगाले पेभेलियन फर्किनुअघि १४ बलमा एक छक्का र एक चौकाको मद्दतले १४ रन बनाए । १७.४ ओभरमा उनी आउट हुँदा पीएनजीले एक सय ३७ रन बनाएको छ । नेपालले टस जिती पीएनजीलाई पहिले ब्याटिङको निम्तो दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म