कुशल भुर्तेलले लिए पीएनजीको छैटौँ विकेट
बुधबार, ३० फागुन २०८०, १३ : ०२

काठमाडौँ । हङकङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको फाइनलमा बुधबार नेपालले पपुवा न्यु गिनी (पीएनजी) को छैटौँ विकेट लिएको छ । पीएनजीको छैटौँ विकेट पनि कुशल भुर्तेलले नै लिएका हुन् ।
कुशल भुर्तेलले पीएनजीका ओपनर ब्याट्सम्यान टोनी उरालाई बिबेक यादबद्वारा क्याच गराएका हुन् । पेभेलियन फर्किनुअघि टोनीले अर्धशतक बनाएका थिए । उनले केवल ३७ बलको सामना गरी चार छक्का र पाँच चौका पनि हिर्काए । १३.४ ओभरमा उनी आउट हुँदा पीएनजीले एक सय १३ रन बनाएको छ । नेपालले टस जिती पीएनजीलाई पहिले ब्याटिङको निम्तो दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन गरी मन्त्रालय र सांसदको सङ्ख्या घटाउनुपर्छ : एनपी साउद
-
सुनको मूल्य तोलामा साढे ७ हजार रुपैयाँ घट्यो
-
सहसचिव सरुवा : तीन उपमहानगरका प्रमुख कार्यकारी अधिकृत तानियो, नयाँ पठाइएन
-
भारतीय ऊर्जामन्त्रीद्वारा मुक्तिनाथमा पूजार्चना
-
प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार दुवाल र चन्दलाई
-
इसेवाले ल्यायो १ लाख जित्न सकिने अफर