अहिले मुलुकमा विश्वासको खडेरी छ : महामन्त्री शर्मा (भिडियो सहित)

काठमाडौँ । नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माले मुलुकको विश्वासको खडेरी रहेको बताएका छन् । बुधवार संसदमा प्रधानमन्त्रीले राखेको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि बोल्दै महामन्त्री शर्माले विश्वास धरापमा रहेको बताए ।
‘सम्माननीय प्रधानमन्त्रीजी विश्वासको मतका लागि अपिल गर्नुभएको छ । राज्यको नेतृत्वप्रति रोटी, सुरक्षा र विश्वास नागरिकको अपेक्षामा हुन्छ । दुई वटा मात्र भए के भन्दा सुरक्षा र विश्वास राज्यले व्यवस्था गर् यो भने रोटीको प्रबन्ध नागरिकले आफैँले गर्छ । राज्यले केबल विश्वास मात्र दियो भने सुरक्षा र रोटीको व्यवस्था आफैँले गर्छ ,’ उनी भन्छन् ।
आज हाम्रो देशमा सबैभन्दा धरापमा यही विश्वास रहेको उनको भनाइ छ । ‘प्रशासनमा गएको नागरिक प्रशासकप्रति विश्वस्त भएर जाँदैन । केही आशङ्का बोकेर जान्छ । अस्पताल जाँदै गरेको नागरिक डाक्डरप्रति विश्वास नगरेर गइरहेको देखिन्छ । नागरिकलाई सबैप्रति विश्वास छैन,’ उनले भने ।
विश्वासको खडेरी परेका बेला वर्षमा तीनपटक प्रधानमन्त्रीले विश्वासको मत लिन संसदमा उभिँदा अचम्म लागेको बताए ।
‘वर्षमा तीन पटक पाउनुहुन्छ । प्राप्त पनि गर्नुहुन्छ । जबकि यो देशमा सबैभन्दा बढी खडेरी विश्वासको परेको छ,’ उनी भन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिरबाट खसेको ढुङ्गाले लागेर एक्साभेटर चालक सुकबहादुरको मृत्यु
-
एमाले अधिवेशनमा कार्यकर्ता उतार्न सरकारी इन्धन दुरुपयोग गरिएकोबारे अख्तियारले छानबिन गरोस : प्रभु साह
-
ऐन जारी हुने विश्वासिलो आधार भए मात्रै शिक्षकहरू वार्तामा बस्ने
-
शिक्षक आन्दोलनमा प्याब्सन र एन प्याब्सनले जनाए ऐक्यवद्धता
-
कर्णालीको राजधानीमा खानेपानी सङ्कट बढ्यो, ९६ घण्टाको अन्तरालमा सीमित वितरण
-
भारतको सीतामढीमा नेपाल-भारत सीमा सुरक्षासम्बन्धी संयुक्त बैठक सम्पन्न