जोखिम उठाएर भए पनि देश जनताको हितमा युगान्तकारी काम गर्न नयाँ समीकरणमा आएँ : प्रचण्ड
बुधबार, ३० फागुन २०८०, १२ : ०४

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू यसअघिको गठबन्धनमा व्यक्तिगत रुपमा अप्ठ्यारोमा नरहेको खुलासा गरेका छन् । यद्यपि औसत काम र उपलब्धिमा रमाउने बेला नरहेका कारण आफूले जोखिम उठाएको उनले प्रस्ट पारे ।
प्रतिनिधिसभामा बुधबार विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्दै उनले अघिल्लो गठबन्धनमा आफ्नो प्रधानमन्त्री पद असुरक्षित पनि नरहेको जिकिर गरे । तर औसत र तदर्थ सरकार चलाएर पदको रक्षा गर्नुभन्दा जोखिम उठाएर भए पनि देश र जनताको हितमा युगान्तकारी काम गर्ने आफ्नो संकल्प रहेको उनले प्रस्ट पारे ।
उनले भने, ‘यही संकल्पका कारण मलाई नयाँ समीकरणतिर डोर्याएको हो ।’ यसलाई प्रमाणित गर्न नसके प्रधानमन्त्री पद आफ्नोलागि औचित्यहीन हुने पनि उनले प्रस्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियाको भनेर भारतको राष्ट्रगान बजाएपछि पाकिस्तान क्रिकेट बोर्ड आईसीसीसँग रुष्ट
-
‘पहाड’ को छायाङ्कन पुनः सुरु
-
पूर्वराजालाई स्पेस दिनुपर्छ, म गणतन्त्रको विरोध गरिरहन्छु : लिङ्देन
-
प्रधानमन्त्री संसद विघटन गर्न उद्दत छन् : सापकोटा
-
फोन समात्ने तरिकाबाट थाहा पाउनुस् कसैको ‘पर्सनालिटी’
-
झापामा करेन्ट लागेर युवकको मृत्यु