सुन जाँचबुझ आयोगले बिहीबार प्रतिवेदन बुझाउँदै
बुधबार, ३० फागुन २०८०, १२ : ०६

काठमाडौँ । सुन तस्करी जाँचबुझ आयोगले प्रतिवेदन तयार गरेको छ । ६० किलो र भेपमार्फत गरिएको सुन तस्करीबारे जाँचबुझ आयोगले प्रतिवेदन तयार गरेर सरकारलाई बुझाउने तयारी गरेको छ ।
आयोगका पदाधिकारीले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन हस्तान्तरण गर्दै छन् । चैत १ मा (बिहीबार) आयोगले गृह मन्त्रालयमा प्रतिवेदन बुझाउन लागेको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
६० किलो सुन हङकङबाट र भेपमा लुकाएर दुबईबाट काठमाडौँमा सुन तस्करी भएको थियो । असोज १४ मा मन्त्रिपरिषद्ले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग गरेको थियो । सुरुमा ३ महिना समय दिइएको आयोगको समय सीमा थप २ महिना थप्ने निर्णय गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘मायावी’को नयाँ गीत सार्वजनिक
-
पाथीभरा केबलकार निर्माणविरुद्ध भइरहेको आन्दोलन वार्ताबाटै समाधान गर्नुपर्छ : सांसद खतिवडा
-
विजय लघुवित्तको सहयोगमा ३ दिने स्वास्थ्य शिविर
-
एमाले मोरङको अधिवेशन उद्घाटनमा प्रधानमन्त्री ओली आउने
-
राप्रपाको प्रदेशस्तरीय आमसभाको तयारी पूरा
-
ढुङ्गेलको नेतृत्वमा एएनओ अस्ट्रेलिया गठन