त्रिकोणात्मक शृङ्खलामा हङकङ तेस्रो, नेपाल र पीएनजी फाइनलमा भिड्दै
![त्रिकोणात्मक शृङ्खलामा हङकङ तेस्रो, नेपाल र पीएनजी फाइनलमा भिड्दै](https://npcdn.ratopati.com/media/news/hong-kong-1_U026yrg5TN.jpg)
काठमाडौँ । घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा हङकङ तेस्रो भएको छ । बुधबार विहान खेलिएको खेलमा आफ्नै ‘ए’ टोलीलाई ७० रनले हराउँदै हङकङको राष्ट्रिय टोली तेस्रो भएको हो ।
शृङ्खलाको फाइनल खेल भने बुधबार विहान ११ः४५ बजे नेपाल र पपुवा न्यु गिनी (पीएनजी) बिच खेलिने छ । यसअघि लिग चरणको खेलमा नेपालले पीएनजीलाई हराइसकेको छ ।
तेस्रो स्थानका लागि खेलिएको खेलमा टस जिती पहिले ब्याटिङ रोजेको हङकङले निर्धारित ओभरमा चार विकेट गुमाएर दुई सय ३५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको हङकङ ‘ए’ ले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ६५ रनमात्र बनाउन सक्यो ।
पहिले ब्याटिङ गरेको हङकङका लागि अन्सी राथ र इजाज खानले अर्धशतक बनाए । अन्सीले २६ बलमा तीन छक्का र ६ चौकाको मद्दतले ५५ रन बनाए । इजाज खानले २३ बलमा चार छक्का र पाँच चौकाको मद्दतले अविजित ५२ रन जोडे ।
हङकङका लागि ओपनर मार्टिन कोट्जीले पनि ४५ रनको योगदान गरे । उनले २९ बलमा एक छक्का र आठ चौका प्रहार गरे । बाबर हायातले पनि टोलीको खातामा ४२ रन थपे । उनले २५ बलमा चार छक्का र दुई चौका हिर्काए ।
हङकङ ‘ए’ का बलर रजाब हुसैनले दुई विकेट लिए । जवाफी ब्याटिङ गरेको हङकङ ‘ए’ का ओपनर जासन लुईले अर्धशतक बनाए पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । उनले ५८ रन बनाएका थिए । उनले ४० बलमा तीन छक्का र ६ चौका प्रहार गरे ।
साहिद वसिफले पनि टोलीको खातामा २६ रन थपे । कप्तान जामी एट्किन्सनले २१ रन बनाए । लुक जोन्सले अविजित २० रन बटुले । अन्य ब्याट्सम्यानको प्रदर्शन सन्तोषजनक रहेन । हङकङका बलर नसरुल्ला राणाले तीन र एहसान खानले दुई विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आहा रारा पोखरा गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा
-
एमाले निकट मेनपावर व्यवसायीले पेलेको भन्दै व्यवसायीले थाले हस्ताक्षर अभियान
-
कञ्चनजङ्घा आरोहणको ७० वर्ष : ‘हीरक महोत्सव’ हुने
-
बेलबारीमा फागुन १६ गतेदेखि प्रादेशिक ललितकला प्रदर्शनी हुने
-
जापानले हेल्थ केयरमा २० हजार नेपाली लैजाने
-
डीपीआरको अनियमितताबारे छानबिन गर्न माग