आर्सनल च्याम्पियन्स लिगको क्वाटरफाइनल प्रवेश
![आर्सनल च्याम्पियन्स लिगको क्वाटरफाइनल प्रवेश](https://npcdn.ratopati.com/media/news/arsanal_BaA7T8TMje.jpg)
काठमाडौँ । इंग्लिस क्लब आर्सनल युरोपेली च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको राउन्ड अफ सिक्सटीनको दोस्रो लेगमा पोर्चुगिज क्लब पोर्टोलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान बनाउन सफल भएको हो ।
पहिलो लेगमा १–० गोल अन्तरले विजयी भएको पोर्टोले दोस्रो लेगमा भने आर्सनल १–० ले विजयी भयो । आर्सनलको जितसँगै दुवै टोलीले एक एक गोलेको बराबरी गरेपछि अतिरिक्त ३० मिनेटमा थप गोल नहुँदा अन्तिम आठमा पुग्ने टोलीको छिनोफानो गर्न पेनाल्टीको सहारा लिनु परेको थियो ।
निर्धारित समयको ४१ औँ मिनेटमा लिएन्ड्रो ट्रोसार्डले गरेको एक मात्र गोल नै आर्सनललाई पेनाल्टी सम्म पुग्न पर्याप्त भएको थियो । पेनाल्टी सूटआउटमा आसर्नल ४–२ ले विजयी भयो । आर्सनलका लागि मार्टिन ओडेगार्ड, केइ हार्भाटेज, बकायो साका र डेक्लन राइसले गोल गरेका थिए ।
पोर्टोको लागि पेपे अक्युनो र मार्को ग्रुजीले मात्र गोल गर्दा वेन्डेल ब्रोगेस र वेन्डरसन ग्यालेनोको प्रहार खेर गएको थियो । पेनाल्टी सूटआउटमा जित निकालेपछि आर्सनल १४ वर्षपछि अन्तिम आठमा प्रवेश गर्न सफल भयो । आर्सनलले पछिल्लो पटक सन् २००९–१० को सिजनमा क्वाटरफाइनल खेलेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता