बागमती प्रदेशसभा बैठक बस्दै
बुधबार, ३० फागुन २०८०, ०७ : ४७

मकवानपुर । बागमती प्रदेशसभा बैठक बस्दै छ । आज दिउँसो ३ बजे बैठक बस्नेछ । प्रदेशसभा सचिवालय हेटौँडाका सभाका सचिव कृष्णहरि खड्काका अनुसार बैठकमा शून्य समयको कार्यसूची रहेको छ भने विशेष समितिको प्रतिवेदन माथि सभामा छलफल र पारित गर्ने कार्यसूची रहेको छ ।
बैठकको शून्य समयमा सांसदहरूले आ–आफ्नो धारणा राख्ने छन् भने त्यस पछि आर्थिक वर्ष २०८०-०८१ को बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समितिको प्रतिवेदनमाथि छलफल हुनेछ ।
यसअघि हिजो मंगलबार प्रदेशसभा बैठक १० मिनेट बसेर स्थगित गरिएको थियो । बैठकमा बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समितिका संयोजक नेपाली कांग्रेस संसदीय दलका सचेतक गोविन्द लम्सालले समितिको प्रतिवेदन पेश गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वुमेन्स एफए कप : म्यान्चेस्टर सिटीलाई हराउँदै म्यानयु लगातारे तेस्रो पटक फाइनलमा
-
आईपीएल : मुम्बईले जितको खडेरी तोड्दा दिल्लीको अपराजित यात्रा भङ्ग
-
इटालियन सिरी’ए : एटलान्टाले घटायो दुरी
-
वीरगन्जमा कर्फ्यू हटयो, चारवटा नाकामा निषेधाज्ञा जारी
-
प्रिमियर लिगको उपाधि सोझै कब्जा गर्ने बाटोमा लिभरपुल
-
एम्बाप्पेले रातो कार्ड खाएको खेलमा रियाल विजयी, बार्सिलोनासँग घटायो अंक दुरी