खेल प्रतियोगिताको मिति निर्धारण गर्न सदस्य–सचिव घिसिङको निर्देशन

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले विभिन्न राष्ट्रिय खेल संघलाई कार्यक्रम (प्रतियोगितालगायत) को मिति निर्धारण गर्न मंगलबार निर्देशन दिएका छन् ।
विभिन्न खेल संघका पदाधिकारीको उपस्थितिमा भएको बैठकमा चालू आवमा कार्यक्रम भएर पनि मिति निर्धारण नगर्ने संघका पदाधिकारीलाई यथाशीघ्र मिति निर्धारण गरी तयारीमा लाग्न निर्देशन दिएका हुन् ।
त्रिपुरेश्वरस्थित राखेपमा सदस्य–सचिव घिसिङको अध्यक्षतामा बसेको बैठकमा अखिल नेपाल फुटबल संघ, नेपाल आर्चरी संघ, नेपाल जुडो संघ, नेपाल हक्की संघ, नेपाल रिङ रेस्लिङ संघ, अखिल नेपाल टेबलटेनिस संघ, नेपाल बक्सिङ महासंघ, नेपाल खो खो संघ, नेपाल रग्बी संघलगायतका पदाधिकारी उपस्थिति रहेको थियो ।
बैठकमा सदस्य–सचिव घिसिङले संघको पेस्की, बेरुजु, संघ नवीकरण र निर्वाचनलगायतका विषयमा पनि चासो व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्ध अन्त्य ‘निकै टाढा’ भनी जेलेन्स्कीले दिएको अभिव्यक्तिमाथि खनिए ट्रम्प
-
आफ्नै जमिन नहुनेहरुका लागि अल्लो बन्यो उद्यम
-
विराट गोल्डकप फुटबलः पहिलो खेलमा मोरङ एफए विजयी
-
१२ बजे, १२ समाचार : महान्यायाधिवक्ता कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचनादेखि हृदयाघात भएका पूर्वयुवराज पारस शाह आइसीयुमासम्म
-
केपी ओली कप फुटबल : मछिन्द्रका सनिश सर्वोत्कृष्ट खेलाडी
-
नेपाली जनप्रगतिशील मञ्च जापानको साधारणसभा तय