स्थानीय सरकारलाई प्रशासकीय अधिकृत छान्न दिनुपर्छ : मन्त्री जोशी

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले स्थानीय सरकारलाई नै प्रशासकीय अधिकृत छान्न दिनुपर्ने बताएका छन् । मंगलबार नेपाल नगरपालिका संघको ३१ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री जोशीले स्थानीय तहलाई संविधानले नै सरकारको मान्यता दिएको भन्दै संविधानले दिएको अधिकारलाई संघबाट हस्तक्षेप गर्नु नहुने बताए । उनले आफ्नो सचिव स्थानीय सरकारले नै छान्न पाउनुपर्ने कुरामा आफू सहमत रहेको बताए । उनले संघीय निजामती सेवा ऐन चाँडोभन्दा चाँडो संसदबाट पारित गर्नुपर्ने अवस्था रहेको बताए । उनले ६ महिनाको अर्धवार्षिक समीक्षामा सरकारको विकास खर्च करिब ६३ अर्ब रहेको बताए । उनले साधारण खर्च साढे ५ खर्बभन्दा बढी भएको र झन्डै डेढ खर्बको हाराहारीमा ऋण लिएर साधारण खर्चको व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको बताए ।
मन्त्री जोशीले तीन तहकै सरकार मिलेर काम गर्न जरुरी रहेको बताए । उनले देशमा एक खालको निराशा कायम रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपति पौडेलद्वारा हल्चोक आकाश भैरवको १२ वर्षे जात्रा शुभारम्भ
-
नारायणघाट–बुटवल सडकखण्ड आजदेखि रातको समयमा बन्द हुने
-
१० बजे १० समाचार : एमाले बैठकमा ज्ञानेन्द्र र प्रचण्डको चर्चा, भारतमा दुर्गा प्रसाईंले क–कसलाई भेटे ?
-
ठूला परियोजना सञ्चालनको तयारीमा छौँ : अध्यक्ष ढकाल
-
नयाँ वर्षको पहिलो दिन जाजरकोटमा भूकम्प
-
सुनसरीमा गोली चलाउने व्यक्तिको पहिचान खुल्यो