नाउपामा गाईजात्रा : प्रचण्डलाई विश्वासको मत दिनेबारे दुईथरी विज्ञप्ति
![नाउपामा गाईजात्रा : प्रचण्डलाई विश्वासको मत दिनेबारे दुईथरी विज्ञप्ति](https://npcdn.ratopati.com/media/news/nagarik-unmukti-cover_iXD2O3kCW4.jpg)
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) मा गाईजात्रा देखिएको छ । रेशमलाल चौधरी र रञ्जिता श्रेष्ठबिचको विवादले नाउपामा गाईजात्रा देखिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिनेबारे नाउपामा विवाद देखिएको छ । श्रेष्ठ पक्षले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन सांसदलाई ‘ह्वीप’ लगाएको छ भने चौधरी पक्षले सरकारमा नगएर प्रतिपक्षमा बस्नुपर्ने धारणा सार्वजनिक गरेको छ । मंगलबार दुईथरी विज्ञप्ति जारी गर्दै नाउपा सरकारको पक्ष र विपक्षमा देखिएको हो ।
नाउपा संसदीय दलका नेता श्रेष्ठले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘मिति २०८० फागुन ३० गते बिहान ११:०० बजे बस्ने प्रतिनिधि सभाको बैठकमा नागरिक उन्मुक्ति पार्टी संसदीय दलको बैठकको निर्णय बमोजिम अनिवार्य उपस्थित हुन् र सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको पक्षमा मतदान गर्न (निर्देशन) ह्वीप जारी गरिएको ब्यहोरा अनुरोध छ ।’
यस्तै अर्को पक्षले विज्ञप्ति जारी गर्दै केन्द्र सरकारको नयाँ गठबन्धनमा तत्काल सहभागी नहुने प्रतिपक्षमा बस्ने सरकारलाई समर्थन नदिने उल्लेख गरेको छ । यस्तै प्रदेश सरकारको हकमा वार्ता समितिले विभिन्न दलहरुसँग सहकार्य र समन्वय गरी संवाद अघि बढाउने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
योजना छनोटमा हुने बेथिति रोक्न कानुन बनाउँदै कर्णाली सरकार
-
सुन्तला खेतीमा रमाएका पूर्व शिक्षक, वार्षिक ४५ लाख आम्दानी
-
लिभरपुल इएफएल कपको फाइनलमा
-
कार्यालय प्रमुख नहुँदा कामकाज प्रभावित, कर्मचारीले पाएनन् तलब
-
पश्चिमी वायुको सामान्य प्रभाव, कस्तो रहला देशभरको मौसम ?
-
फराकिलो जित निकाल्दै बार्सिलोना सेमिफाइनलमा, टोरेसले गरे ह्याट्रिक