प्रधानमन्त्रीलाई विश्वासको मत दिन नागरिक उन्मुक्तिका सांसदलाई ‘ह्वीप’
मङ्गलबार, २९ फागुन २०८०, १८ : ५१

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विश्वासको मतको पक्षमा मतदान गर्न ‘ह्वीप’ जारी गरेको छ । मंगलबार बसेको नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो ।
फागुन ३० गते प्रतिनिधि सभामा प्रधानमन्त्री प्रचण्डले लिने विश्वासको मतको पक्षमा मतदान गर्ने निर्णय भएको सो पार्टीका सांसद अरुण चौधरीले बताए । बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिन सांसदलाई ‘ह्वीप’ लगाएको उनले बताए ।
प्रधानमन्त्री प्रचण्डले फागुन ३० गते बुधबार विश्वासको मत लिँदै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘झिल्को’ टिजर रिलिज : मोबाइलको लतले समाजमा पारेको असर चित्रण
-
चालु खाता १६६ अर्ब, शोधनान्तर स्थिति २८४ अर्ब बचतमा
-
अनेरास्ववियुको प्रतिबद्धता पत्र : विद्यार्थीलाई २५ युनिटसम्म निःशुल्क बिजुली
-
उप्रेतीको ‘मेरा अतीतका कथाहरु’ नामक पुस्तक लोकार्पण
-
ह्वात्तै घट्यो मूल्यवृद्धि, कहाँ कस्तो छ अवस्था ?
-
रेमिट्यान्स फेरि लयमा फर्कियो, एकै महिना १३७ अर्ब भित्रियो