बैंकर मनोज न्यौपानेसहित ११ जनालाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ । कमसल धितो राखी बढी कर्जा प्रवाह गरेको आरोपमा पक्राउ परेका तत्कालीन सेन्चुरी बैंकका सीईओ मनोज न्यौपानेसहित ११ जनालाई थप ५ दिन हिरासतमा राख्न उच्च अदालत पाटनले अनुमति दिएको छ ।
अदालतका प्रवक्ता तीर्थराज भट्टराईले उनीहरुलाई हिरासतमै राखेर अनुसन्धान गर्न थप ५ दिन प्रहरीलाई दिइएको रातोपाटीलाई जानकारी दिए ।
उनीहरुलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
१५ माघमा न्यौपानेसहित सेञ्चुरी बैंकका पूर्वसीईओ तुलसी गौतम, कर्मचारी राजेश भण्डारी, दिलिप बराल, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सविन घिमिरे, रमन श्रेष्ठ, दिपेश प्रधान, र सुनिल बस्नेतलाई पक्राउ गरिएको थियो ।
सेन्चुरी बैंकमा रहँदा दुई अर्ब ११ करोड ६५ लाख ५५ हजार रपैयाँ बराबरको कर्जा प्रवाह गर्दा अनियमितता गरेको आरोप उनीहरुलाई लागेको छ । प्रहरीले धितोभन्दा ९७ करोड ४१ लाख ७० हजार ७ सय ७२ रुपैयाँले बढी भएको बताउँदै आएको छ ।
बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम उनीहरुमाथि अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल : आज पनि चम्किए विराट, राजस्थानसामु २०६ रनको लक्ष्य
-
पत्रकारमाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ
-
भारतको रक्सौलबाट ८ जना नेपाली किशोरको उद्धार
-
सर्वोच्चमा मनाङेका दुई घण्टाः ‘मुद्दा हेर्न नमिल्नेले गोला किन तान्नु ?’
-
बागमतीमा आयोजना बैङ्क सञ्चालनका लागि मन्त्रालयलाई अभिमुखीकरण तालिम
-
चुरे तराई जनसांगीतिक अभियानः चुरे फेदीमा नाच्दै, गाउँदै माओवादी