प्रविधिमा महिलाको पहुँच पुग्न सकेन : उपसभामुख राना
मङ्गलबार, २९ फागुन २०८०, १७ : ५७

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले प्रविधिमा महिलाको पहुँच पुग्न नसकेको बताएकी छन् । मंगलबार सिंहदरबारमा भएको एक कार्यक्रममा उनले प्रविधिमा महिलाको पहुँच पुर्याउने नारा लगाएपनि नाराअनुसार काम हुन नसकेको बताएकी हुन् ।
उपसभामुख रानाले अहिले पनि विभिन्न वडा सदस्यहरुसँग एउटा मोबाइलको पहुँच नहुँदा सामान्य सूचनाहरुसमेत हेर्न र पढ्न नसक्ने अवस्था रहेको बताइन् । उनले राज्यले हरेक वडा सदस्यहरुलाई एउटा मोबाइल प्रदान गर्न आवश्यक रहेको बताइन् । मोबाइलको प्रयोगले उनीहरुको क्षमता विकास हुने उनको भनाइ थियो । उनले निर्भीक भएर कलम चलाउने पत्रकारहरुको सुरक्षाका लागि सांसदहरुले बहस गर्न जरुरी रहेको बताइन् ।
उपसभामुख रानाले महिलाको हक अधिकारकारको सुनिश्चितता गर्न राज्यबाट आवश्यक बजेट छुट्याउनुपर्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कारागारमा रवि लामिछाने : खानामा दाल, भात, तरकारी नै रुचाउँछन्
-
आर्सनलसँगको नमिठो हारपछि क्लब छाड्दै रियल मड्रिडका मुख्य प्रशिक्षक
-
कक्षा १० को उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षा सञ्चालनमा सहयोग गर्नुस् : राष्ट्रिय परीक्षा बोर्ड
-
एआईजी बढुवा– राष्ट्रिय अनुसन्धानबाट आएकाहरू सिफारिस भएनन्
-
पाइप फुटेपछि थापाथली कोरिडोरमा बिजोग (तस्बिरहरू)
-
संयुक्त राष्ट्रसङ्घका आणविक प्रमुख तेहरानमा